पिपिएल : धनगढीद्वारा बिराटनगरलाई ११९ रनको लक्ष्य

दोस्रो संस्करणको पोखरा प्रिमिएल लिग पीपीएल अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटान्सलाई ११८ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ८ विकेटको नोक्सानीमा ११७ रन बनाएकोे हो ।

धनगढीका ओपनर सन्दीप सुनार ३ रन बनाएर खेलिरहँदा किशोर महतोको बलमा जितेन्द्र मुखियाको हातबाट क्याच हुन् पुगेका थिए। यस्तै ओपनिङमा आएका रोड्रिगो थोमस १६ रन बनाएर पवेलियन फर्किए। उनलाई नोमान खानले मुहम्मद आलमको हात बाट क्याच आउट गराएका थिए।

कप्तान दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट भए। उनलाई साहब आलमले आउट गराएका थिए। यस्तै अर्का विष्फोटक ब्याटसम्यान श्रीमंथ विजेरत्ने २५ रन बनाएर आउट भए। उनलाई पुनित मेहेराले आउट गराए।

सन्दीप जोरा १४ बलमा ७ रन बनाउदै आउट हुन् पुगे। उनि साहब आलमको शिकार बने। १५ बलमा ११ रन बनाएर खेलिरहेका मन्जित श्रेष्ठ मुहम्मद जेड आलमको शिकार बन्न पुगे। १८ बलमा १२ रन बनाएर क्रीजमा जमेर खेलिरहेका सौरभ खनाल नोमान यादवले आउट गराए ।

धनगढिका लागि कमल ऐरिले सर्वाधिक २६ बनाए भने सागर ढकालले १ रन बनाए। ऐरीले नवौं नम्बरमा ब्यतिग गर्दै २१ बलमा २ चौका र २ छक्का प्रहार गरे।

बिराटनगरका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। यस्तै नोमान खानले २५ रन खर्चेर २ विकेट लिए । किशोर महतो,मुहम्मद जेद आलम र पुनित मेहेराले समान १-१ विकेट लिन सफल भए ।

बिराटनगर अब केही बेरमा ब्याटिङमा उत्रने छ ।

२०७६ मंसिर ३०, सोमबार मा प्रकाशित