पिपिएल : काठमाडौँद्वारा बुटवललाई १४१ रनको लक्ष्य

पोखरा प्रिमियर लिग पिपिएल टि-२० अन्तर्गत दोश्रो दिनको तेश्रो खेलमा काठमाडौँ गोल्डेन वारियर्स र बुटवल ब्लास्टर्स प्रतिस्पर्धा गरिरहेका छन्। आज सम्पन्न पहिलो खेलमा बिराटनगर टाईटनलाई धनगढी ब्लुजले पराजित गर्यो।

बुटवलको लिगमा यो पहिलो खेल हो भने काठमाडौँको दोश्रो खेल हो। काठमाडौँले पहिलो खेलमा पोखरा राइनोजसंग हार बेहोरेको थियो।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाउदै बुटवललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौँको लागि पवन सर्राफले सर्वाधिक ३७ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सातौँ नम्बरमा ब्याटिंग गर्ने क्रममा सर्राफले सातौँ विकेटको लागि अमर सिंह रौटेलासंग ५१ रनको साझेदारी गरे। रौटेलाले १७ बलमा १ छक्का मद्दतले १४ रन बनाए।

काठमाडौँका ओपनर जयकिशन कोल्सावालाले २८, आदील खानले २३, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले समान १४ रन बनाए। अघिल्लो खेलमा ४५ रन बनाएका सुबोध भाटी खाता नखोली आउट भए भने गौरभ तोमरले पनि १ रन मात्र बनाए।

बुटवलको बलिंगमा घरेलु टि-२० लिगमा पहिलो खेल खेलीरहेका देब्रे हाते स्पिनर नितेश थापाले २ विकेट लिए जुन क्रममा ३ ओभरमा १७ रन खर्चिए। थापाले ज्ञानेन्द्र मल्ल र सुबोध भाटीलाई १३ औं ओभरमा आउट गरेका थिए। हरि बहादुर चौहान र अविनाश बोहराले १/१ विकेट लिए। सुबास खकुरेल र गौरभ तोमरको विकेट बुटवलले रन आउटबाट प्राप्त गर्यो।

Jay Kishan Kolsawala

२०७६ मंसिर ३०, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment