कप्तान ज्ञानेन्द्रको विस्फोटक शतकमा धनगढीसामु काठमाडौँद्धारा १८६ रनको लक्ष्य प्रस्तुत

दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल)को चौँथो दिनको पहिलो खेलमा काठमाडाँैले धनगढी सामु १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ५ विकेटको क्षतिमा १८५ रन बनाएको हो ।

काडमाडाँैका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक १०० रन बनाए । ३८ बल खेलेका उनले ८ चौका र ९ छक्काका साथ शतक प्रहार गरे । यस्तै जयकिसन कोल्सवालाले ४६ रन बनाए ।काठमाडाँैका अर्का ब्याट्सम्यान अमित श्रेष्ठ ब्यक्तिगत ३४ रन बनाएर आउट हुन पुगे ।

धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिँदा सागर ढकालले १ विकेट लिए ।

२०७६ पुष २, बुधबार मा प्रकाशित