पुनित मेहराको आक्रामक अर्धशतक : बिराटनगरद्वारा पोखरालाई १४६ रनको लक्ष्य

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अनार्गत बुधबारको जारि दोश्रो खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन र बिराटनगर टाईटन्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १४५ रनको योगफल तयार गरेको छ।

राम्रो सुरुवात गरेको बिराटनगरको लागि ओपनर जैद आलम र सुनिल धमलाले ५० रनको साझेदारी गरेका थिए। २७ बलमा २ चौका र २ छक्का मदतले २६ रन बनाएका आलम नवौं ओभरमा कुशल मल्लबाट क्याच आउट भए। १४ औं ओभरमा धमलालाई सर्वजित लड्डाले क्याच आउट गराए जसले ४० बलमा २ चौका र २ छक्का मदतले ३६ रन बनाएका थिए।

दुवै ओपनर आउट भएपछि बिराटनगरले लगातार विकेट गुमायो। प्रदिप ऐरी ६ रन बनाएर धमला आउट भएपछि को बलमा आउट भए। त्यसपछि शरद भेसावकरले १५ औं ओभरमा नोमन खान ( १ रन ) र लोकेश बम ( २ रन ) लाई पेभेलियन फर्काए।

७६/५ को नाजुक अवस्थामा पुगेको बिराटनगरलाई त्यसपछि अन्तिमको ५ ओभरमा पुनित मेहराले विस्फोटक ब्याटिंग गर्दै अघि बढाए। मेहराले मात्र २६ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। यस क्रममा उनले राजु रिजालसंग छैठौं विकेटको लागि ३१ बलमा ६९ रनको साझेदारी गरे।

अविजित इनिंग खेल्ने क्रममा मेहराले राशिद खानले गरेको १९ औं ओभरमा २ चौका र २ छक्का तथा प्रथमेशड़ाकेले गरेको २० औं ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए।

पोखराको बलिंगमा कप्तान शरद भेसावकरले २ ( २-०-१६-२ ) तथा सरब्जित लड्डा र कुशल मल्लले १/१ विकेट लिए।

बिराटनगरले यस अघि खेलेको आफ्नो पहिलो खेलमा धनगढी ब्लुजसंग ५ रनको हार बेहोरेको थियो। पोखरा पल्टनले यस अघि खेलेको २ खेलमा काठमाडौँलाई ९ विकेटले पराजित गर्दा चितवन राइनोजसंग भने ६ विकेटले हारेको थियो।

 

२०७६ पुष २, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment