खराब अवस्थाबाट रभी इन्दरले जोगाए पोखरालाई, बुटवललाई १२२ रनको लक्ष्य

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत छैठौं दिनको पहिलो खेलमा डिफेन्डिङ च्यापियन टिम पोखरा पल्टन र बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाउदै १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

खराब सुरुवात गरेको पोखराले पहिलो ४ विकेट ३२ रनमै गुमाएको थियो। ओपनर कुशल भुर्तेल खाता नखोली आउट भए जसपछि कप्तान शरद भेसावकर ७ रन, बिनोद भण्डारी ३ रन तथा इशान पाण्डे १३ रन बनाएर आउट भए। भुर्तेललाई पहिलो ओभरमा ललित भण्डारीले एलबिडब्लु आउट गरे भने शरद र बिनोद लाई हर्ष टंकले क्याच आउट गराए। इशानलाई शिभम सिंहले क्याच आउट गराए।

पाँचौ विकेटको लागि रोहित पौडेलसंग रभी इन्दर सिंहले ३५ रनको सझेदरी गरे। १८ बलमा १ चौका र १ छक्का प्रहार गरेका रोहितलाई १४ औं ओभरमा नितेश थापाले बोल्ड गरे।

रोहितको विकेट पछि रभी इन्दरले प्रथमेश डाकेसंग छैठौं विकेटको लागि प्रथमेश डाकेसंग अविजित ५२ रनको अविजित साझेदारी गरे।

रभीले अविजित ४५ रन बनाए जुन क्रममा ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे। डाकेले २० बलमा १ चौका र १ छक्का मदतले २० रन बनाए।

बुटवलको बलिंगमा हर्ष टंकले उत्कृस्ट बलिंग गर्दै २ विकेट लिए। उनले ४ ओभरमा मात्र १० रन खर्चिए। ललित भण्डारी, शिभम सिंह र नितेश थापाले समान १/१ विकेट लिए।

खेलमा सोमपाल कामि घाइते भएपछि सिद्धान्त लोहनीले टिमको कप्तानी गरिरहेका छन्। सिद्धान्तले प्रतियोगितामा पहिलो पटक मौका पाएका हुन्।

लिग अन्तर्गत पोखराले यस अघि खेलेको ३ खेलमा १ जित र २ हार बेहोरेको थियो। पहिलो खेलमा काठमाडौँलाई ९ विकेटले पराजित गरेको पोखराले त्यसपछि चितवनसंग ६ विकेटको तथा बिराटनगर टाईटन्ससग ४५ रनको हार बेहोर्यो। बुटवल ब्लास्टर्सले दुइ खेल खेल्दा १/१ जित हार बेहोरेको छ। पहिलो खेलमा काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको बुटवलले दोश्रो खेलमा चितवन राइनोजसंग ११९ रनको ठुलो हार बेहोरेको थियो।

( फोटोहरु – पोखरा पल्टन र पोखरा प्रिमियर लिग फेसबुक )

२०७६ पुष ४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment