आरिफ र सन्नी पटेलले आक्रामक ब्याटिंग गर्दा चितवनले बनायो ठुलो योगफल

पोखरा प्रिमियर लिग अन्तर्गत छैठौं दिनको जारि दोश्रो खेलमा चितवन राइनोज र धनगढी ब्लुज प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको छ।

चितवनको लागि आरिफ शेखले सर्वाधिक ४७ रन बनाए जुन क्रममा २० बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै बाबर हायातले २८ बलमा ३ चौका र २ छक्का मदतले ३६ तथा सन्नी पटेलले ३ छक्का र १ चौका मदतले अविजित ३२ रन बनाए। पारस खड्काले १५ बलमा २ चौका र १ छक्का मदतले २३ रन बनाए।

एक समय १५ ओभरमा १०९/५ को योगफल पुगेको चितवनलाई छैठौं विकेटको लागि सन्नी पटेल र आरिफ शेख शेखले आक्रामक ब्याटिंग गर्दै ठुलो योगफलतर्फ डोर्याएका थिए। दुवैले ७२ रनको साझेदारी गरे।

धनगढीको लागि अनिल खरेल र दिपेन्द्र ऐरीले समान २/२ विकेट लिए भने अमित यादबले १ विकेट लिए।

२०७६ पुष ४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment