पिपिएलमा आज दुइ खेल : चितवनको विजय यात्रा रोकिएला ? प्लेअफ पुग्न बुटवल, धनगढी र बिराटनगरको प्रयास

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत आइतबार दुइ खेलहरु हुँदैछन्।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा खेलिने पहिलो खेलमा पारस खड्का कप्तानीको चितवन राइनोज र प्रदिप ऐरी कप्तानीको बिराटनगर टाईटन्सले प्रतिस्पर्धा गर्नेछन्। खेल ९ बजे विहान सुरु हुनेछ। यस्तै दोश्रो खेलमा दिपेन्द्र ऐरी कप्तानीको धनगढी ब्लुज र सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्नेछन्। खेल १ बजे दिउसो सुरु हुनेछ।

बिराटनगर टाईटन्स VS चितवन राइनोज

लिग अंक तालिकाको शिर्षस्थानमा रहेको चितवन प्रतियोगिताको एक मात्र अपराजित टिम हो। आज बिराटनगरलाई पराजित गरेमा चितवन ४ जित सहित सोझै प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना प्रवल हुनेछ। अर्कोतर्फ ३ खेलमा १ जित र २ हार बेहोर्दै चौथो स्थानमा रहेको बिराटनगर दोश्रो जित हात पार्दै उत्कृस्ट-३ भित्र पर्दै प्लेअफ सम्भावना जीवित राख्न चाहन्छ।

बिराटनगर टाईटन्सको हालसम्मको नतिजा – 

बिरुद्ध धनगढी ब्लुज – ५ रनले पराजित ( धनगढी ११७ , बिराटनगर ११२ )
बिरुद्ध पोखरा पल्टन – ४५ रनले विजयी ( बिराटनगर १४५, पोखरा १०० )
बिरुद्ध काठमाडौँ गोल्डेन वारियर्स – ३६ रनले पराजित ( काठमाडौँ १५९ , बिराटनगर १२३ )

चितवनको लागि खतरा बन्न सक्ने बिराटनगरका एक खेलाडी – भारतीय खेलाडी पुनित मेहरा पछिल्लो २ खेलमा उत्कृस्ट लयमा देखिएका छन्। पोखरा पल्टन बिरुद्ध जितमा अविजित ६१ रन तथा किफायती बलिंग गर्दै १ विकेट लिएका मेहराले काठमाडौँ गोल्डेन बिरुद्ध ५३ रन बनाउनुको साथै २ विकेट समेत लिएका थिए। देब्रे हाते स्पिन तथा तल्लो मध्यक्रममा ब्याटिंग गरिरहेका मेहरा बिपक्षी टिमको लागि खतरा हुन्।

बिराटनगर टिम :- प्रदिप ऐरी ( कप्तान ), दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , प्रदिप ऐरि , राजु रिजाल , सुनिल धमला , दिलिप नाथ, लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम, नोमन खान

चितवन राइनोजको हलसम्मको नतिजा – 

बिरुद्ध पोखरा पल्टन – ६ विकेटले विजयी ( पोखरा १०७ , चितवन १०८/४ )
बिरुद्ध बुटवल ब्लास्टर – ११९ रनले विजयी ( चितवन २०३ , बुटवल ८४ )
बिरुद्ध धनगढी ब्लुज – ५२ रनले विजयी ( चितवन १८१ , धनगढी १२९ )

बिराटनगरको लागि खतरा बन्न सक्ने चितवनको एक खेलाडी – घातक लेग स्पिनर तथा मध्यक्रम ब्याट्सम्यान सन्नी पटेल बल र ब्याट दुवैबाट टिमलाई जित दिलाउने क्षमता राख्ने गर्छन। पटेलले ३ खेलमा ५ विकेट लिईसकेका छन् जुन क्रममा ४.३६ प्रतिओभर रन खर्चिएका छन् जुन प्रतियोगिताकै उत्कृस्ट मध्येको एक हो। अर्कोतर्फ ब्याटिंगमा उनले ३ खेलमा ५८ रन बनाएका छन् र सबै खेलमा अविजित रहेका छन्। धनगढी बिरुद्ध अविजित ३२ रन बनाउदै २ विकेट, बुटवल बिरुद्ध अविजित ४ रन बनाउदै १ विकेट तथा पोखरा बिरुद्ध अविजित २२ रन बनाउदै २ विकेट लिएका सन्नी बिपक्षी टिमको जितका ठुलो तगारो सावित हुन सक्छन्।

Sunny Patel

 

चितवन राइनोज टिम : पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करन केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुसाल, विदेशी खेलाडी – सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा

धनगढी ब्लुज VS बुटवल ब्लास्टर 

३ खेलमा १ जित र २ हार पछि पुछारमा रहेको धनगढी बुटवललाई पराजित गर्दै प्लेअफ सम्भावना जीवित राख्न चाहन्छ। आज पराजित भए धनगढी दोश्रो चरण नपुग्ने पक्का हुनेछ। अर्कोतर्फ बुटवल पनि आज जित हात पार्दै प्लेअफ सम्भावना बलियो बनाउने दाउमा छ। आज बुटवल पराजित भएमा बुटवलको पनि प्ले-अफ यात्रा मुस्किल हुनेछ।

धनगढी ब्लुजको हालसम्मको नतिजा 

बिरुद्ध बिराटनगर टाईटन्स : ५ रनले विजयी ( धनगढी ११७, बिराटनगर ११२ )
बिरुद्ध काठमाडौँ गोल्डेन वारीयर्स : १०६ रनले पराजित ( काठमाडौँ १८५, धनगढी ७९ )
बिरुद्ध चितवन राइनोज : ५२ रनले पराजित ( चितवन १८१, धनगढी १२९ )

बुटवलको लागि खतरा बन्न सक्ने धनगढीको एक खेलाडी

धनगढी कप्तान दिपेन्द्र ऐरी एक्लो दममा खेल जिताउन सक्ने खेलाडी हुन्। चौथो नम्बरको ब्याट्सम्यान र अफ स्पिनर ऐरीले यो पटक ब्याटबाट भन्दा बढी बलबाट योगदान दिईरहेका छन्। बिराटनगर बिरुद्धको जितमा ऐरीले ३ विकेट लिएका थिए भने चितवन राइनोज बिरुद्ध २ विकेट लिएका थिए। चितवन बिरुद्ध हारको बाबजुद ऐरीले ४९ रनको इनिंग खेलेका थिए। ऐरीले सोहि फर्म बुटवल बिरुद्ध देखाउन सकेमा धनगढीको जित सहज हुनेछ।

Butwal Blasters

धनगढी ब्लुज टिम : दीपेन्द्र सिंह ऐरी (कप्तान), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम, अनिल खरेल, विदेशी खेलाडी -अमित यादव (भारत), श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस

बुटवल ब्लास्टर्सको हालसम्मको नतिजा 

बिरुद्ध काठमाडौँ गोल्डेन वारियर्स : सुपर ओभरमा विजयी ( काठमाडौँ १४० , बुटवल १४० )
बिरुद्ध चितवन राइनोज : ११९ रनले पराजित ( चितवन २०३ , बुटवल ८४ )
बिरुद्ध पोखरा पल्टन : ८ विकेटले विजयी ( पोखरा १२१, बुटवल १२३/२ )

धनगढीको लागि खतरा बन्न सक्ने बुटवलका एक खेलाडी 

बुटवलका अलराउण्डर अफ्ताबुद्दीन एहमद ओपनिंग ब्याटिंग गर्ने गर्छन् भने राम्रो स्पिनर समेत हुन्। पोहर पल्टन बिरुद्धको जितमा अफ्ताबुद्दीनले ७५ रनको उत्कृस्ट पारि खेलेका थिए। यस्तै चितवन राइनोज बिरुद्ध उनले २ विकेट लिएका थिए भने २ खेलमा ८ ओबर बलिंग गर्दा मात्र ५ रन प्रतिओभर रन खर्चेका छन्।  अफ्ताबुद्दीनकको अल-राउण्ड योगदान रहने हो भने धनगढीको लागि खतरनाक सावित हुनेछन्।

बुटवल ब्लास्टर्स टिम : सोमपाल कामी (कप्तान), मोहम्मद संसाद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरन बिक, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री, विदेशी खेलाडी – अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क

२०७६ पुष ६, आईतवार मा प्रकाशित