मुस्तफा र हायातले उत्कृस्ट साझेदारी गर्दा चितवनद्वारा काठमाडौँलाई १६८ रनको लक्ष्य

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत मंगलबारको एक मात्र खेलमा चितवन राइनोज र काठमाडौँ गोल्डेन वारियर्स प्रतिस्पर्धा गरिरहेका छन्।

आजको खेलमा जित हात पारे चितवन अंकतालिकाको शिर्ष स्थानमा रहँदै सोझै फाइनल प्रवेश गर्नेछ। काठमाडौँले जित हात पारे इलिमीनेटर खेलमा स्थान पक्का गर्नेछ। काठमाडौँ पराजित भएको खण्डमा नेट रन रेटको आधारमा पनि नेट रन रेटको आधारमा इलिमीनेटर पुग्ने संभवाना बलियो रहेको छ। चितवनले हालसम्म खेलेको ४ वटै खेलमा जित हात पारेको छ भने काठमाडौँले ४ खेलमा २ जित र २ हार बेहोरेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको छ।

चितवनको लागि ओपनिंग गर्न आएका करन केसी १ रन बनाएर दोश्रो ओभरमा सुशन भारिबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर रोहन मुस्तफाले तेश्रो नम्बरका बाबर हायातसंग शतकीय साझेदारी गरेका थिए।

१६ औं ओभरमा बसन्त रेग्मीले बाबरलाई बोल्ड गर्दै ११९ रनको साझेदारी तोडे। बाबरले ४७ बलमा ३ चौका र ६ छक्का मदतले ७० रन बनाए। बाबरको विकेट पछि रोहनले आरिफ शेखसंग २९ रनको साझेदारी गरे। आरिफ १९ औं ओभरमा अमर सिंह रौटेलाको बलमा क्याच आउट भए जसले ९ बलमा १ छक्का मदतले १५ रन बनाए।

आरिफको विकेट पछि पनि रोहन मुस्तफाले अन्तिम सम्म ब्याटिंग गरे जुन क्रममा अविजित रहँदै ५९ रन बनाए। मुस्तफाले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रन आउट हुनु अघि सन्नी पटेलले ८ बलमा १ चौका र १ छक्का मद्दतले १५ रन बनाए।

काठमाडौँको बलिंगमा सुशन भारि ( ३-१-१७-१ ) , बसन्त रेग्मी ( ४-०-३७-१ ) र अमर सिंह रौटेला ( ४-०-३२-१ ) ले समान १/१ विकेट लिए।

२०७६ पुष ८, मंगलवार मा प्रकाशित