डिस्को काण्डमा परेका खेलाडीको प्रतिबन्ध केही खुकुलो

गत मङ्सिर ३ गते कुवेत बिरुद्द भुटानमा भएको विश्वकप छनोट अन्तर्गतको खेलको लागि भुटान प्रस्थान गर्नु अघिल्लो रात डिस्कोमा भेटिएका चार खेलाडीको प्रतिबन्ध केही खुकुलो पारिएको छ ।

उक्त काण्डमा मुछिएका नेपाली फुटबल टिमका चार खेलाडी बिमल घर्ति मगर, दिनेश राजबंशी, अन्जन विष्ट र सन्तोष तामाङमाथिको निलम्बनमा केहि फुकुवा गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले विमल र दीनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बनसहित ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर खेलाडीले गल्ति स्वीकार्दै अबदेखि यस्तो गल्ति नगर्दै जनाएर एन्फालाई कारबाही घताईदिन भन्दै मङ्सिर ३० मा अपिल पत्र लेखेका थिए । अपिल पत्रको जवाफमा एन्फा टेक्निकल कमिटिले कारबाही समय नघटाउने तर प्रतिबन्ध पुरानै मिति अर्थात कार्तिक ३० गतेबाट लागु हुने बताएको छ ।

भुटान प्रस्थान गर्ने दिन अर्थात कार्तिक ३० गते बिहान उनीहरु होटल पुगेपनि सजाय सुन्दै घर फर्किएका थिए । सोही अनुरुप उनीहरुलाई मङ्सिर २७ गतेदेखि लागु हुनेगरि प्रतिबन्ध गरिएको थियो भने केही समय अघि नेपालमा नै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदमा पनि उनीहरुलाई प्रतिबन्ध लगाईएको थियो ।

अब अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दीनेशको माघको ३० गते निलम्बन फुकुवा हुनेछ ।

(फिचर फोटो: नागरिक न्युज)

२०७६ पुष ८, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment