इलिमीनेटर पुग्न बिराटनगरले १३४ रनको लक्ष्य १२.२ ओभरमा पछ्याउनु पर्ने

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र बिराटनगर टाईटन्स प्रतिस्पर्धा गरिरहेका छन्। यो खेल जितेमा बिराटनगर र काठमाडौँ मध्ये नेट रन रेटमा अघि हुने टिम इलिमीनेटर खेल्न छनौट हुनेछ। यस अघिनै बुटवल इलिमीनेटर खेल्न छनौट भइसकेको छ। चितवन अंकतालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुगीसकेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको छ।

१३४ रनको लक्ष्य १२.२ ओभरमा पुरा गरे बिराटनगर इलिमीनेटर खेल्न छनौट हुनेछ।

बुटवलको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका भारतीय खेलाडी हर्ष टोन्कले सर्वाधिक ६७ रन बनाए। उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। शिभम सिंहले २६ बलमा ३ चौका र १ छक्का मदतले ३७ रन बनाए। सिद्धान्त लोहनीले २१ बलमा १ छक्का मदतले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बिराटनगरको बलिंगमा मोहम्मद जैद आलमले सर्वाधिक ४ विकेट ( ४-०-२०-४ ) लिए। किशोर महतोले २  ४-०-२२-२ ) तथा दिपेश श्रेष्ठ ( ४-०-३०-१ ) र शाहब आलम ( ४-०-२४-१ ) ले समान १/१ विकेट लिए।

बिराटनगरले जित्ने पर्ने  

यस अघिनै ४ खेलमा ३ जित र १ हार बेहोरेको बुटवल ६ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा सुरक्षित रहेकोले इलिमीनेटरको लागि छनौट भैसकेको छ। अर्कोतर्फ बिराटनगर ४ खेलमा १ जित र ३ हार बेहोर्दा २ अंक सहित पाँचौ स्थानमा रहेको छ। पाँचौ स्थानमा रहेता पनि तेश्रो स्थानमा रहेको काठमाडौँ र चौथो स्थानमा रहेको धनगढी ब्लुजको समान ४/४ अंक रहेकोले बिराटनगरले बुटवललाई पराजित गरेमा बुटवल इलिमीनेटरको लागि छनौट हुने सम्भावना जिवितै छ।

यदी बिराटनगरले बुटवललाई पराजित गरेको खण्डमा काठमाडौँसंग अंक बराबरी गर्नेछ। ४/४ अंक भएमा नेट रन रेटको आधारमा काठमाडौँ र बिराटनगरबाट इलिमीनेटरमा पुग्ने टिमको फैसला हुनेछ। ४ अंकनै रहेपनि धनगढीको नेट रन रेट काठमाडौँको भन्दा कम रहेकोले धनगढी दोश्रो चरण पुग्न असफल भैसकेको छ।

बिराटनगरको नेट रन रेट -०.१७५ रहेको छ भने काठमाडौँको ०.३९ रहेको छ। नेट रन रेटमा धेरै अन्तर नरहेकोले बिराटनगरले आज थोरै अन्तरले जितेको खण्डमा पनि काठमाडौँलाई नेट रन रेटमा पछि पार्न सक्नेछ।

२०७६ पुष ९, बुधबार मा प्रकाशित