साग महिला क्रिकेट : नेपालसंग माल्दिभ्स १६ रनमै अल-आउट

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल पोखरामा सुरु भएको छ।

पोखरा रंगशाला स्थित पोखरा क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा नेपाली महिला टिमले माल्दिभ्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको माल्दिभ्सले १६ रनमै सबै विकेट गुमाएको छ। पहिलो अन्तर्राष्ट्रिय खेल खेलीरहेको माल्दिभ्सले १०.१ ओभरमा सम्पूर्ण विकेट गुमाएको हो।

माल्दिभ्सलाई सस्तोमा समेट्न नेपाली बलर अन्जली चन्द एक्लैले ६ विकेट हात पारिन्। उनले २.१ ओभरमा २ मेडन ओभर गर्दै कुनै पनि रन खर्चिनन्। यस्तै करुना भण्डारीले २ विकेट हात पारिन्।

माल्दिभ्सको ९ जना ब्याट्सउमनहरु खाता नखोली आउट भए। ओपनर हम्जा नियाजले सर्वाधिक ९ रन बनाईन् जुन क्रममा उनले २ चौका प्रहार गरिन्। यस्तै हफ्सा अब्धुल्लाले ४ रन बनाइन्।

साग महिला क्रिकेट अन्तर्गत नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ४ टिम सहभागी छन्।

नेपालले अब दोश्रो खेल बंगलादेशसंग डिसेम्बर ४ ( मङ्सिर १८ ) मा , तेश्रो खेल श्रीलंकासंग डिसेम्बर ६ ( मङ्सिर १९ ) मा खेल्नेछ। माल्दिभ्ससंगको खेल ११ बजे, बंगलादेससंग ९ बजे तथा श्रीलंकासंगको खेल ११ बजे सुरु हुनेछ। कास्य पदक र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

सबै टिमले एकअर्कासंग खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिम स्वर्ण पदकको लागि डिसेम्बर ८ ( मङ्सिर २२ ) मा खेल्नेछ। यस्तै तेश्रो र चौथो हुने टिम बीच कास्य पदकको लागि डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल हुनेछ।

सागको लागि नेपाली महिला टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर

२०७६ मंसिर १६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment