१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले हालसम्म ९ वटा स्वर्ण पदक जितेको छ। नेपालले हालसम्म करांतेबाट ४ वटा, तेक्वान्दोबाट ४ वटा तथा ट्रायथोलनमा एउटा स्वर्ण जितेको हो।
सिना मादेन लिम्बी ( तेक्वान्दो )
तेक्वान्दोको पुम्से विधामा नेपालकि सिना मादेन लिम्बुले स्वर्ण पदक जित्दै स्वर्ण संख्या पांच पुर्याएकी हुन्। उनले १८ देखि २३ वर्षको प्रतिस्पर्धामा सफलता हात पारेकी हुन्।

कमल श्रेष्ठ ( तेक्वान्दो )
तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाए।

सोनीका गुरुङ ( ट्रायथोलन )
पोखरामा विहान सम्पन्न खेलको ईलाईट स्प्रीन्टमा उनले स्वर्ण जितेकी थिईन्। ट्रायथोलनको क्रममा पौडीमा तेश्रो, साइक्लिंगमा दोश्रो स्थान हाँसिल गर्दा अन्तिमको दौडमा सोनीले पहिलो स्थान हात पारेकी थिईन्। यो विधामा रजत र कास्य पदक भने भारतले जित्यो।
मन्डेकाजि श्रेष्ठ ( कराते )
मन्डेकाजि श्रेष्ठले करातेमा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण दिलाएका थिए। यसक्रममा उनले पाकिस्तानका नियमातुल्लाहलाई पराजित गरेका थिए।

मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांग ( कराते )
यस्तै नेपालले कराते पुरुष कातामा पनि स्वर्ण जितेको छ। मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांगको टिमले स्वर्ण दिलाएका हुन्।
लक्ष्मण तामांग ( कराते )
करातेकै पुरुष कुमुते विधामा नेपालका लक्ष्मण तामांगले स्वर्ण दिलाएका छन्। उनले ५५ केजी तौल समुहमा स्वर्ण जित्ने क्रममा बंगलादेश खेलाडी मस्तोफालाई १-० ले पराजित गरे।

निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्ल ( कराते )
करातेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले २४.८८ स्कोर सहित सफलता हाँसिल गरेको थियो। नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्यो।
पार्वती गुरुङ ( तेक्वान्दो )
तेक्वान्दोको पुम्से महिला विधामा २३ देखि २९ वर्षको विधामा पार्वती गुरुङले स्वर्ण जितेकी हुन्। उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन्।

आयशा शाक्य ( तेक्वान्दो )
तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण जितेकी हुन्। ३० वर्ष माथिको उमेर समुहमा प्रतिस्पर्धा गर्ने क्रममा उनले भारतीय खेलाडीलाई पछि पारिन्।
