साग फुटबल : भुटान शीर्ष स्थानमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलका खेल सोमबारदेखि सुरु भएको छन् र पहिलो दिनका दुई खेलपछि भुटानले आश्चर्यजनक अग्रता लिएको छ । राउन्ड रोबिनको आधारमा सुरु भएको प्रतियोगिताको पहिलो दिन स्पष्ट जित निकाल्ने टिम भुटान मात्र रह्यो र यससंगै उसले पांच टिम सम्मिलित टिममा शीर्ष स्थान कब्जा गर्यो।

दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० ले हरायो । दोस्रो खेलमा भने माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेले । श्रीलंका खेलको अन्तिम १० मिनेट १० खेलाडीमा सीमित रहेर माल्दिभ्सलाई बराबरीमा रोक्न सफल भएको हो । पहिलो खेलमा भुटानका तर्फबाट भएको एक मात्र गोल चेन्चो ग्याल्चिनको नाममा रह्यो ।

भुटानी रोनाल्डोको नामले चिनिने ग्याल्चिनले ६५ औं मिनेटमा निर्णायक गोल गरे । फुब थिन्लेको पासलाई सदुयोग गर्दै उनले नजिकको दूरीबाट गोल गरे । खेलपछि कप्तानले भने, ‘आजको खेलमा हाम्रो उद्देश्य तीन अंक प्राप्त गर्नु थियो र हामी यसमा सफल रह्यौं ।’ प्रशिक्षक पेमाले भने खेलको सुरुमा टिमलाई केही गाह्रो भएको स्विकार्दै त्यसयता भने आफ्नो टिमले लय समातेको बताए ।

उनले भने, ‘आजको नतिजामा हामी स्वभाविक रूपमा खुसी छौं ।’ उनले मंगलबार नेपालविरुद्ध हुने खेललाई लक्षित गर्दै भने, ‘नेपालविरुद्धको खेलमा सबै आफ्नै टिमको समर्थनमा हुनेछ । हामी आशा गर्छौ, हाम्रोप्रति पनि केही समर्थन हुनेछ ।’ यस्तै बंगलादेशका प्रशिक्षक जेम्स डेले अफो टिम हारका लागि पूर्ण रूपमा हकदार भएको माने ।

उनले भने, ‘आज हाम्रा कोही पनि खेलाडीले खेल्न सकेनन्, सबैको प्रदर्शन बिर्सनलयाक रह्यो । आजको कमजोर प्रदर्शनबाट हाम्रा खेलाडी शिक्षा लिनु पर्छ । आजको दिन हाम्रो लागि वास्तवमै खराव रह्यो ।’ दोस्रो खेलको विश्लेषण गर्दै श्रीलंकाली प्रशिक्ष्ँक एमएम प्याकिरालीले आफ्नो लागि बराबरीको नजिजा सुखद रहेको बताए ।

यस्तै माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आफ्नो टिमको प्रदर्शन कमजोर रहेको तथ्य स्विकार्दै जितका लागि गोल गर्नु पर्ने र यसमा आफ्नो टिम सफल रहेको माने । उनले पहिलो खेलको उदाहरण गर्दै त्यसमा बंगलादेश पराजित रहनुले पूरा प्रतियोगितामा सबै टिम समान रूपमा उपाधिको दावेदार रहेको बताए ।

२०७६ मंसिर १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment