पोखरा, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आज पोखरामा सम्पन्न दुआथलन पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ । नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् ।
यसै गरि सोही स्पर्धामा नेपालका लागि लक्ष्मण मल्लले रजत पदक जितेका छन्।
यो संगै नेपालको सागमा स्वर्ण पदक संख्या १६ पुगेको छ। नेपालले हालसम्म कराते र तेक्वान्दोमा समान ७/७ वटा तथा ट्रायथलोनमा एउटा स्वर्ण जितेको छ।

( फोटो – पोखरास्पोर्ट्स )
