साग फुटबल : नेपाली महिला र पुरुष दुवै टिम विजयी

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार नेपाली पुरुष तथा महिला फुटबल टिमले जित हाँसिल गरेको छ। पुरुष टिमले भुटानलाई तथा महिला टिमले श्रीलंकालाइ पराजित गर्यो।

सुजलको उत्कृस्ट प्रदर्शन 

नेपाली फुटबल टिमले भुटानलाई ४-० ले पराजित गरेको गर्यो।

नेपालको जितमा उत्कृस्ट प्रदर्शन गर्ने क्रममा कप्तान सुजल श्रेष्ठले २ गोल गरे। सुजलले पाँचौ र पचासौं मिनेटमा गोल गरे। यस्तै अभिषेक रिजालले ६५ औं मिनेटमा तथा ७५ औं मिनेटमा मिक्चेन तामांगले चौथो गोल गरे। पहिलो हाफमा १ गोल गरेको नेपालले दोश्रो हाफमा ३ गोल थपेको हो।

जितसंगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ। पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको भुटानको २ खेलमा ३ अंक रहेको छ। नेपालले अब बुधबार श्रीलंकासंग खेल्नेछ।

शरु लिम्बुको गोलमा नेपालको जित 

पोखरा रंगशालामा सम्पन्न खेलमा नेपाली महिला फुटबल टिमले प्रतिद्धन्द्धी श्रीलंकालाई १–० ले पराजित गरेको हो। नेपालले पुरा समय श्रीलंकालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो।

नेपालको लागि शरु लिम्बुले ८८ औ मिनेट गोल गर्दे नेपाललाई अग्रता दिलाएकी थिईन । खेलको १५ औ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्स भित्र पाएको अवसरलाई सहि दिशा दिन सकिनन् ।

नेपालले प्रतिद्धन्दी श्रीलंकालाई खेलको शुरुवात देखि नै दबाबमा राखेको थियो । नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औ मिनेटमा बल टच गरेकी थिईन।

श्रीलंकाले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । सो को अवसरमा नेपाली खेलाडीले पटक पटक डिबक्स भित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन् ।

नेपाली टीमका जर्सी नं.९ लगाएर मैदानमा उत्रिएका सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन् । उनी प्रतिद्धन्दी श्रीलंकाका खेलाडीहरुको नजरबन्दका बाबजुद पनि राम्रो प्रर्दशन गर्दे पोखरेली दर्शकको वाहावाही बनिन् ।

खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसके पछि नेपाली महिला टीमका हेड कोच हरि खड्काले खेलको ३२ औ मिनेटमा दिपा राई मैदानलाई मैदान बाहिर निकालेर शरु लिम्बुलाई मैदान भित्र छिराएको थियो ।

खेल अवधिभर पुरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ औ मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बार बाट बाहिरीएको थियो ।

हारेपनि सन्तुष्ट छौं : श्रीलंका

खेलपश्चात श्रीलंका महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताएकी छिन् । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिइन् ।‘खेलअवधिभर हाम्रा खेलाडीले राम्रो खेले । तर, ८८ औं मिनेटमा दूर्भाग्यवश गोल हुन पुग्यो,’ सिन्हाले भनिन्, ‘आजको खेल हा¥यौं । तर, हामी सन्तुष्ट छौं ।’ उनले आउँदो खेलमा आजको भुल सुधार गर्ने बताइन् ।

पाएको धेरै अवसरलाई सदूपयोग गर्न सकनौं : नेपाल

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले मंगलबारको भएको श्रीलंकायिवरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । जितका लागि अन्तिम समय कुर्नु परेकोमा भने उनले विपक्षीको डिफेन्सिभ राम्रो भएको बताए ।

‘हामीले अट्याकिङ खेलेका थियौं । तर, श्रीलंकाले डिफेन्सिभ खेलकाले जितका लागि अन्तिम समय कुर्नु परेको हो,’ प्रशिक्षक खड्काले भने, ‘तर, आजको समग्र खेललाई हेर्ने हो भने पनि हाम्रै उत्कृष्ट थियो ।’ उनले गोल गरेकी सरु लिम्बुले अट्याकिङ भूमिका राम्रो निभाएकाले खेल सम्भव भएको बताए ।

( साभार – पोखरास्पोर्ट्स , फोटो – सुदर्शन रञ्‍जित )

२०७६ मंसिर १७, मंगलवार मा प्रकाशित