१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलको फाइनल खेलमा नेपाल र भारतले प्रतिस्पर्धा गरिरहेका छन्।
खेलमा पहिलो सेट २५-१७ ले भारतले जितेपछि नेपालले शानदार पुनरागमन गर्दै दोश्रो र तेश्रो सेट जित्न सफल भएको छ। दोश्रो सेट नेपालले २५-२४ ले तथा तेश्रो सेट २५-२१ ले जितेको हो।
नेपाल सागको इतिहासमै पहिलो पटक फाइनल प्रवेश गरेको हो।