साग महिला भलिबल फाइनल : भारत-नेपाल २-२ को स्थितिमा

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलको फाइनल खेलमा भारत र नेपाल प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारि खेल २-२ को बराबरीमा रहेको छ।

खेलमा पहिलो सेट २५-१७ ले भारतले जितेपछि नेपालले शानदार पुनरागमन गर्दै दोश्रो र तेश्रो सेट जित्न सफल भएको थियो। दोश्रो सेट नेपालले २५-२४ ले तथा तेश्रो सेट २५-२१ ले जित्यो। चौथो सेट सुरुवातमा प्रतिस्पर्धात्मक रहेता पनि भारतले २५-२० ले

नेपाल सागको इतिहासमै पहिलो पटक फाइनल प्रवेश गरेको हो।

महिला भलिबल अन्तर्गत समुह चरणको खेलमा नेपाललाई भारतले ३-० को सोझो सेटमा पराजित गरेको थियो। भारत २६-२४ , २५-१२ र २५-१६ ले विजयी भएको थियो।

नेपालले सेमीफाइनलमा श्रीलंकालाई  २५-१४, २५-१८ र २५-२१ ले पराजित गरेको थियो। भारतले माल्दिभ्सलाई २५-१४, २५-६ र २५-१७ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

२०७६ मंसिर १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment