खोखोमा नेपालले जित्यो रजत

सागअन्तर्गत खो खोको महिलामा नेपालले बुधबार रजत जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारमा भएको फाइनलमा भारतले नेपाललाई १७–५ ले पराजित गर्यो । बंगलादेश तेश्रो भयो । बंगलादेशले श्रीलंकालाई १०–७ ले हरायो ।

पुरुषमा पनि भारत नै च्याम्पियन बन्यो । फाइनलमा भारतले बंगलादेशलाई १६–९ ले पाखा लगायो । नेपाल र श्रीलंकाबीच तेश्रो स्थानका लागि भएको खेलमा नेपाल १३–७ ले विजयी भयो ।

भारतमा भएको १२ औं सागदेखि खो खोलाई पहिलो पटक समावेश गरिएको थियो । त्यस संस्करणको पुरुष-महिला दुवैमा भारत नै विजेता बनेको थियो । नेपाल १२ औं सागको पुरुष÷महिला दुवैमा तेश्रो भएको थियो । पुरुष-महिला दुवैमा समान ४ राष्ट्र सहभागी थिए ।

साग पदक तालिका 

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित