साग : नेपालको स्वर्ण पुग्यो २९ , हेर्नुस कुन खेलमा कसले दिलाए स्वर्ण ( पदक तालिका सहित )

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले बुधबारसम्म २९ वटा स्वर्ण आफ्नो नाम गरेको छ। पदक तालिकाको दोश्रो स्थानमा रहेको नेपालले १४ रजत र १९ कास्य गरि कुल ६२ पदक आफ्नो नाम गरेको छ। भारत ३४ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ।

१. दिपक हमाल  ( उशु )

उसुको थाउलोमा दिपक हमालले स्वर्ण जित्ने क्रममा भारतका साजन लामालाई पछि पारे। दिपकले १९.३२ अंक प्राप्त गर्दा साजनले १९.३२ अंक प्राप्त गरे।

२. अनुपम मगर ( कराते )

६८ केजी माथिको तौल समुहमा स्वर्ण जित्ने क्रममा अनुपमले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन्।

३. संगीता बस्याल ( तेक्वान्दो )

६७ केजी मुनि तौल समुहमा स्वर्ण जित्ने क्रममा संगीताले भारतीय खेलाडीलाई १९-८ ले पराजित गरिन्।

४. राजेश मगर ( साइक्लिङ )

साइक्लिङको डाउन हिलतर्फ स्वर्ण जित्ने क्रममा राजेश मगरले १ किलो मिटरको दुरी १ मिनेट ४९.३३३ सेकेन्डमा पुरा गरेका थिए।

५. निश्मा श्रेष्ठ ( साइक्लिङ )

डाउन हिलतर्फ स्वर्ण जित्ने क्रममा निश्माले १ मिनेट ५०.०८० सेकेन्ड समय लगाईन्।

६. सक्षम कार्की (तेक्वान्दो )

तेक्वान्दोको ८७ केजी माथिको तौल समुहमा सक्षमले पाकिस्तानी खेलाडी वकार अलि खानलाई २७-९ ले पराजित गरे।

७. वीरबहादुर महरा 

पुरुष ६८ केजी तौल समुहमा वीरबहादुर महराले स्वर्ण जितेका हुन्। फाइनलमा उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ ले पराजित गरे।

८. सुनिता महर्जन ( कराते ) 

बंगलादेशकी कुल्म्सोमलाई ८-२ ले पराजित गर्दै सुनिता महर्लेजन स्वर्ण जितिन्।

९. नबिन रसाइली ( कराते ) 

६७ केजी तौल समुहमा नबिन रसाइलीले स्वर्ण जितेका हुन्। उनले पाकिस्तानका अहमद नासिसआई ८-६ ले पराजित गरे।

१०. काजल श्रेष्ठ ( तेक्वान्दो ) 

स्वर्ण जित्ने क्रममा काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ ले पराजित गरिन्। उनले ४६ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी थिईन्।

११. सन्तोषी श्रेष्ठ ( एथलेटिक्स ) 

सन्तोषी श्रेष्ठ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला धाविका बनेकी छिन्। १० हजार मिटर दौडमा उनले भारतकी कविता यादवलाई मात्र १ मिनीसेकेन्डले पछि पारिन्। उनले ३० मिनेट ७ डेकेन्द र ९४ मिनीसेकेन्डमा दौड पुरा गरिन्।

१२. विजय सिंजाली ( उसु ) 

विजयले उसुको थाउलोमा स्वर्ण जित्ने क्रममा ९.४८ अंक ल्याए। उनले बंगलादेशका मोहम्मद ओमार ( ९.३४ ) लाइ पछि पारे।

१३. सुस्मिता तामांग ( उसु ) 

उसुको थाउलोमा स्वर्ण जित्ने क्रममा सुस्मिताले ९.४४ अंक प्राप्त गरिन्। उनले श्रीलंका र बंगलादेशलाई पछि पारिन्।

१४. हिमाल टमाटा ( दुवाथलन )

पोखरामा सम्पन्न प्रतिस्पर्धामा स्वर्ण जित्ने क्रममा उनले ५७.३३ सेकेन्ड समय लगाए। पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण दिलाएका हुन्।

१५. सिना मादेन लिम्बी ( तेक्वान्दो ) 

तेक्वान्दोको पुम्से विधामा नेपालकि सिना मादेन लिम्बुले स्वर्ण पदक जित्दै स्वर्ण संख्या पांच पुर्याएकी हुन्। उनले १८ देखि २३ वर्षको प्रतिस्पर्धामा सफलता हात पारेकी हुन्।

१६. कमल श्रेष्ठ ( तेक्वान्दो ) 

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाए।

१७. सोनीका गुरुङ ( ट्रायथोलन ) 

पोखरामा विहान सम्पन्न खेलको ईलाईट स्प्रीन्टमा उनले स्वर्ण जितेकी थिईन्। ट्रायथोलनको क्रममा पौडीमा तेश्रो, साइक्लिंगमा दोश्रो स्थान हाँसिल गर्दा अन्तिमको दौडमा सोनीले पहिलो स्थान हात पारेकी थिईन्। यो विधामा रजत र कास्य पदक भने भारतले जित्यो।

१८. मन्डेकाजि श्रेष्ठ ( कराते ) 

मन्डेकाजि श्रेष्ठले करातेमा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण दिलाएका थिए। यसक्रममा उनले पाकिस्तानका नियमातुल्लाहलाई पराजित गरेका थिए।

१९. मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांग ( कराते ) 

यस्तै नेपालले कराते पुरुष कातामा पनि स्वर्ण जितेको छ। मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांगको टिमले स्वर्ण दिलाएका हुन्।

२०. लक्ष्मण तामांग ( कराते ) 

करातेकै पुरुष कुमुते विधामा नेपालका लक्ष्मण तामांगले स्वर्ण दिलाएका छन्। उनले ५५ केजी तौल समुहमा स्वर्ण जित्ने क्रममा बंगलादेश खेलाडी मस्तोफालाई १-० ले पराजित गरे।

२१. निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्ल ( कराते ) 

करातेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले २४.८८ स्कोर सहित सफलता हाँसिल गरेको थियो। नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्यो।

२२. पार्वती गुरुङ ( तेक्वान्दो ) 

तेक्वान्दोको पुम्से महिला विधामा २३ देखि २९ वर्षको विधामा पार्वती गुरुङले स्वर्ण जितेकी हुन्। उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन्।

२३. आयशा शाक्य ( तेक्वान्दो ) 

३० वर्ष माथिको उमेर समुहमा प्रतिस्पर्धा गर्दै स्वर्ण जित्ने क्रममा उनले फाइनलमा भारतीय खेलाडीलाई पछि पारिन्।

२४. आयशा शाक्य र सन्जिबकुमार ओझा ( तेक्वान्दो ) 

तेक्वान्दो पुम्से जोडी विधामा स्वर्ण जित्ने क्रममा आयशा र सन्जिबले ८.१६० स्कोर गरेका थिए।

२५. अनु अधिकारी ( कराते ) 

अनुले करातेको कुमुते विधा अन्तर्गत ५० केजी मुनि तौल समुहमा स्वर्ण जितेकी हुन्। फाइनलमा श्रीलंकाकी डन पौलुलाई ८-० ले पराजित गरिन्।

२६. विप्लबलाल श्रेष्ठ ( कराते ) 

विप्लबलाल श्रेष्ठले करातेको ८५ केजी तौलसमुहमा स्वर्ण पदक जिते। उनले पाकिस्तानी खेलाडी मोहम्मद बाजलाई ६-५ ले पराजित गरे।

२७. कुसुम खड्का ( कराते ) 

कुसुमले करातेको ४५ केजी मुनि तौल समुहमा स्वर्ण जितिन्। उनले बंगलादेशकि खेलाडी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितिन्।

Santoshi Shrestha

२८. निशा दर्नाल, स्वस्तिमा दर्नाल र संजिला तिमिल्सिना  ( तेक्वान्दो ) 

तेक्वान्दोको टिम पेम्से विधामा निशा दर्नाल , स्वस्तिमा तामांग र संजिला तिमिल्सिनाले स्वर्ण पदक जितेका हुन्। १७ देखि २३ वर्ष उमेर समुहमा उनीहरुले स्वर्ण जितेका हुन्। यसक्रममा उनीहरुले भारतलाई पछि पारे।

२९. निता गुरुङ, प्रशंशा क्षेत्री र सुशिला राई ( तेक्वान्दो ) 

२३ देखि २९ वर्ष उमेर समुहमा निता गुरुङ, प्रशंशा क्षेत्री र सुशिला राईले स्वर्ण जितेका हुन्। ७.९२ अंक प्राप्त गर्दै नेपालले जित्ने क्रममा श्रीलंका ( ७.८१० ) लाई पछि पार्यो।

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित