स्मिथलाई उछिन्दै कोहली टेस्ट बरियतामा शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको पछिल्लो टेस्ट बरियतामा ब्याटिङ्गतर्फ भारतीय कप्तान विराट कोहली शिर्ष स्थानमा उक्लिएका छन् । उनले यसअघि शिर्ष स्थानमा रहेका अष्ट्रेलियाका स्टिव स्मिथलाई उछिनेका हुन् ।

बुधबार सार्वजनिक बरियता अनुसार कोहलीको ९२८ रेटिंग अंक पुगेको छ । उनले बंगलादेश बिरुद्द भएको एतिहासिक डे-नाइट टेस्ट खेलमा १३६ रन बनाउंदै आफ्नो करियरको ७० औँ शतक र भारतका लागि डे-नाइट पहिलो टेस्ट शतक बनाएका थिए । अर्कोतर्फ अष्ट्रेलियाले पाकिस्तानसंग फराकिलो अन्तरको जित निकालेपनि दोश्रो टेस्टमा पुर्व नम्बर एक स्मिथले ३६ रन मात्र बनाएका थिए । यसअघि रहेको उनको ९३१ रेटिंग अंक झरेर ९२३ भएको हो । अब कोहली स्मिथ भन्दा ५ रेटिंग अंकले अगाडी रहेका छन् ।

यस्तै पाकिस्तान बिरुद्द एडिलेडमा सम्पन्न दोश्रो टेस्टमा अविजित ३३५ रनको पारि खेलेका डेविड वार्नर १२ औँ स्थान अगाडी पुगेका छन् । उनको अहिलेको बरियता ५ औँ स्थानमा रहेको छ भने ७६४ रेटिंग अंक रहेको छ ।

यस्तै बर्षको सुरुवातमा ११० स्थानमा रहेका मार्नस ल्याबुसन निरन्तरको उत्कृस्ट प्रदर्शनपछि पहिलोपल्ट शिर्ष १० मा अटाएका छन् । उनि बरियतामा ७३१ अंक सहित ८ औँ स्थानमा छन् । न्युजिल्याण्डका कप्तान केन विलियाम्सन इंग्ल्याण्डसंगको खेलमा शतक बनाएपछि तेस्रो स्थान र बंगलादेशसंगको सिरिजमा मध्यम प्रदर्शन गरेका चेतेश्वर पुजारा चौथो स्थानमा यथावत रहेका छन् ।

बुधबार सार्वजनिक ब्याटिङ्गतर्फको आइसीसी बरियता

बलिङ्गतर्फ ९०० रेटिंगअंक सहित अष्ट्रेलियाका प्याट कमिन्ग्स शिर्ष स्थानमा यथावत रहंदा कागीसो रबादा दोश्रो, जेसन होल्डर तेस्रो, नेल वान्ग्नर चौथो र जस्प्रित बुम्राह पाचौं स्थानमा यथावत रहेका छन् ।

अलराउण्डर तर्फपनि जेसन होल्डर पहिलो, रविन्द्र जडेजा दोश्रो, बेन स्तोक्स तेस्रो, भर्नान फ़िलनडर चौथो र आश्विन पाचौं स्थानमा यथावत छन् ।

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित