साग फुटबल : श्रीलंकासंग बराबरीमा रोकियो नेपाल

दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत नेपालले दोश्रो खेल श्रीलंकासंग बराबरी खेलेको छ।  दशरथ रंगशालामा सम्पन्न खेल १-१ को बराबरीमा सकिएको हो।

नेपालले खेलको ३६ औं मिनेटमा १-० को अग्रता लिएको थियो। पेनाल्टी मार्फत कप्तान सुजल श्रेष्ठले गोल गरेका थिए। अनन्त तामाङलाई लड़ाउदा नेपालले पेनाल्टी पाएको थियो जसलाई सुजलले सदुपयोग गरे।

श्रीलंकाले खेलको ९१ औं मिनेटमा फ्रीकिक मार्फत गोल गर्दै खेल बराबरी गोल गर्यो। श्रीलंकाका जुड सुपानले सिधै बललाई जाली चुमाए।

पहिलो हाफमा उत्कृस्ट खेल प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपालले त्यसलाई निरन्तरता दिन सकेन। यस क्रममा नेपालले निकै गोल गर्ने मौकाहरु गुमाउन पुग्यो।

हारपछि नेपालको २ खेलमा ४ अंक भएको छ। भुटानको २ खेलमा ३ तथा माल्दिभ्स र श्रीलंकाको २-२ अंक रहेको छ। यस्तै बंगलादेशको १ अंक रहेको छ।

साग अन्तर्गत नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो।

साग अन्तर्गत हलसम ५ वटा खेलहरु सम्पन्न भएका छन्। पहिलो खेलमा बंगलादेशले भुटानलाई १-० ले पराजित गरेको थियो, दोश्रो खेलमा माल्दिभ्स र श्रीलंकाले ०-० को बराबरी खेलेका थिए, तेश्रो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो, चौथो खेलमा बंगलादेश र माल्दिभ्सले १-१ को बराबरी खेलेका थिए।

अब नेपालले आगामी खेल माल्दिभ्स बिरुद्ध डिसेम्बर ७ तारिकमा खेल्नेछ। बिहिबार भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्। नेपालले बंगलादेश बिरुद्ध डिसेम्बर ८ मा खेल्नेछ।

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित