साग : साइक्लिङमा नेपाललाई २ स्वर्ण, २ रजत र १ काश्य

१३ औं साग अन्तर्गत साइक्लिङमा नेपालले बुधबार दुई स्वर्ण पदक जितेको छ। डाउनहिलको पुरुषमा नेपालको दबदबा रह्यो ।

बुधबार गोकर्णमा भएको स्पर्धामा डाउनहिलको पुरुषतर्फको स्पर्धामा स्वर्ण, रजत र काश्य पदक नै नेपाली खेलाडीले जितेका छन् । महिलातर्फ नेपालले स्वर्ण पदक जितेको हो ।

पुरुषतर्फ नेपालका राजेश मगर डाउनसिल व्यक्तिगत प्रतिस्पर्धामा १ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गर्दे स्वर्ण पदक जितेका छन् । चार देशको सहभागीता रहेको पुरुष डाउनहिलमा नेपालका निरभ श्रेष्ठले रजत जिते । उनले १ घन्टा ५० मिनेट ०८ सेकेन्डमा दुरी पुरा गरेका थिए । तेस्रो स्थानमा पनि नेपाल नै रह्यो । नेपालका प्रछित थापाले १ घन्टा ५० मिनेट ६६ सेकेन्डमा दुरी पुरा गरे ।

१४ जना खेलाडी सहभागी रहेको स्पर्धामा श्रीलंकका दुई खेलाडीले विचैमा खेल छोडेका थिए । भारतका तीन खेलाडी चौथो, पाँचौ र छैटौं स्थामन आए भने बंगादेशका खेलाडीले पनि दुरी पुरा गरेका थिए ।

डाउनहिलको महिलातर्फ भने नेपालले स्वर्ण र रजत पदक जितेको छ । निश्मा श्रेष्ठले २ घन्टा २२ मिनेट ४५ सेकेन्डमा दुरी पुरा गर्दे स्वर्ण पदक जितिन् । त्यसैगरी नेपालकी जमुना थापाले २ घन्टा ४१ मिनेट ५५ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् । काश्य पदक भने भारतकी यसोधरा मधुकरले जितिन् । उनले ३ घन्टा ३७ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरेकी थिइन् । चार देशको सहभागीता रहेकोमा बंगादेश र श्रीलंकका खेलाडीले रेस पुरा गरेनन् ।

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित

Leave a Comment