कबड्डी : नेपालको मिश्रित प्रदर्शन

सागअन्तर्गत बुधरबारदेखि सुरु कबड्डीमा नेपालको प्रदर्शन मिश्रित रह्यो । पुरुषमा पराजय भोगेको नेपालले महिलामा भने विजयी सुरुआत गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको महिलाको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले पराजित गर्यो। महिलाकै अर्को प्रतिस्पर्धामा भारतले श्रीलंकालाई ५४–५३ को साँघुरो अन्तरले हरायो ।

पुरुषमा बंगलादेशले नेपाललाई ४३–१५ ले पाखा लगायो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि २९–२७ को कठिन जित दर्ता गर्यो।

पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् । पुरुषमा सहभागी अर्को राष्ट्र भारत हो । पुरुष÷महिला दुवैमा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल मंसिर २३ गते हुने छ ।

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित