ज्ञानेन्द्रको शतकमा भुटान बिरुद्ध नेपालको रेकर्ड योगफल

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भुटानसंग प्रतिस्पर्धा गरिरहेको छ।

टियु क्रिकेट मैदानमा टस जितेर भुटानले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३६ रनको योगफल तयार गरेको छ।

नेपालको टि-२० अन्तर्राष्ट्रियमा यो सबैभन्दा ठुलो योगफल हो। यस अघि नेपालले यसै वर्ष जुलाईमा मलेसिया बिरुद्ध पहिले ब्याटिंग गर्दै १७३ रन बनाएको थियो जुन रेकर्ड नेपालले तोडेको हो।

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रन बनाए। मल्लले ५५ बलमा ९ छक्का र ५ चौका प्रहार गरे। मल्ल पारस खड्का पछि टि-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोश्रो नेपाली ब्याट्सम्यान बनेका छन्। पारसले यसै वर्ष सिंगापुर बिरुद्ध शतक प्रहार गरेका थिए।

Rashid Khan

ओपनिंग ब्याटिंग गरेका पारस खड्काले ५७ रन बनाए जुन क्रममा २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले अविजित ४५ रन बनाए। ऐरीले २७ बमा २ छक्का र ४ चौका प्रहार गरे। रोहित पौडेल ६ रन बनाएर आउट भए भने आरिफ शेखले अविजित ४ रन बनाए।

भुटानको बलिंगमा कर्मा दोर्जीले सर्वाधिक २ विकेट लिए।

भुटानसंग सोमपाल कामिको सट्टा तिब्र गति बलर राशिद खानले नेपाली टिममा डेब्यु गरेका छन्।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासंग ६ विकेटको हार बेहोरेको थियो।

२०७६ मंसिर १९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment