करनले विस्फोटक ब्याटिंग गर्दा माल्दिभ्सलाई १६४ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाल र माल्दिभ्स बीचको खेल टियु मैदानमा जारी रहेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको छ।

टस जितेर ब्याटिंग गर्ने क्रममा नेपालले सुरुवात देखि लगातार विकेट गुमाएको थियो। पारस खड्काले ११, ज्ञानेन्द्र मल्लले १९, आरिफ शेखले १७, रोहित पौडेलले १०, पवन सर्राफले ० , बिनोद भण्डारीले १९ रन बनाए। चौथो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले ३९ रन बनाए।

दिपेन्द्रको विकेट जाँदा १८.१ ओभरमा १३०/७ रहेको नेपालको योगफललाई करन केसीले विस्फोटक ब्याटिंग गर्दै १५० पार गराए। करनले मात्र १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे र अविजित ४० रन बनाए।

करनले इनिंगको अन्तिम ओभरमा इब्राहिम हसनलाई २ छक्का र २ चौका प्रहार गरे। उक्त ओभरमा नेपालले २४ रन पाएको थियो।

माल्दिभ्सको बलिंगमा लिम शफिकले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) तथा अमिल मौरुफले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा श्रीलंकासंग ६ विकेटले पराजित भएको नेपालले भुटानलाई दोश्रो खेलमा १४१ रनले पराजित गरेको थियो।

२०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment