बक्सिङ : नेपाली खेलाडीहरुको सुखद सुरुवात

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा नेपालका सुशील थापामगर, भुपेन्द्र थापामगर र सनिल शाहीले जित हासिल गरी सेमिफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार ललितपुरको सातदोबाटोमा भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरेका प्रवेश हुन्। त्यस्तै ६० केजी तौल समूहको खेलमा भूटानका निमा दोर्जीलाई अंककै आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले पनि अन्तिम चारमा स्थान बनाए ।

६४ केजीको भिडन्तमा नेपालका भुपेन्द्र थापा मगरले भूटानका दोर्जी वाङ्दीलाई पहिलो राउन्डमा नै आरएससीको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्यसैगरी ७५ केजी तौल समूहको खेलमा नेपालका दिपक श्रेष्ठ भने भारतका अंकित खतानासंग तेस्रो राउन्डमा नकआउटको आधारमा पराजित भए ।

त्यसैगरी पुरुष ९१ केजीभन्दा माथिको तौल समूहमा भने नेपालका आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाइ पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । योसंगै बक्सिंगमार्फत् नेपालले दुई रजत पक्का गरेको छ ।

त्यसअघि शुक्रबार भएको महिलातर्फको पहिलो खेलमा भारतका कलाइभानी श्रीनिभासनाले पाकिस्तानका राबिया बाटूललाई आरएसीको आधारमा पराजित गरे । त्यस्तै महिला ५७ केजी तौल समूहको खेलमा भारतका सोनीया लाथरले बंगलादेशमा समिमा अख्तरलाई पनि आरएसीको आधारमा पराजित गरे ।

पुरुष ४९ केजीमा बंगलादेशका मोहमद सोजिब होसेनले पाकिस्तानका मोहमद दाउद खानलाई पराजित गरे । त्यस्तै पुरुष ५२ केजीमा बंगलादेशका मोहमद आरिफुल इस्लामले पाकिस्तानका सइद मोहमद आसिफलाई हराए । त्यसैगर िपुरुष ५६ केजीमा बंगलादेशका मोहमद रोबिन मिया र नाकिबुल्लाह विजयी बने । त्यसैगरी ६४ केजीको खेलमा भारतका मनिष कौशिकले पाकिस्तानका सुलेमान बालोचलाई हराए । पुरुष ६९ केजीमा भने पाकिस्तानका गुल जाइब र भारतका कृसन भिकासले पनि जित हात पारे ।

२०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment