अन्जलीको फेरी उत्कृस्ट बलिंग, माल्दिभ्स ८ रनमै अलआउट

१३ औं दक्षिण एसिलायी खेलकुद अन्तर्गत महिला क्रिकेटको कास्यपदकको लागि खेलमा नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको माल्दिभ्सले ८ रनमै सम्पूर्ण विकेट गुमाएको छ। माल्दिभ्सको १ जान बाहेक कुनै पनि ब्याट्सउमनले बाहेक सबैले खाता खोल्न सकेनन्। ओपनर आइम ऐशाथले १ रन बनाउनु बाहेक अन्य ७ रन नेपालले अतिरिक्त रन वाइड मार्फत दिएको थियो।

११.३ ओभरमा माल्दिभ्सले सबै विकेट गुमाएको थियो।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर अन्जली चन्दले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३ मदन ओभर गर्दै मात्र १ रन खर्चिए। अन्जलीले यस अघि माल्दिभ्ससंगनै पहिलो खेलमा ६ विकेट लिएकि थिईन् भने श्रीलंकासंग १ विकेट लिएकी थिईन्। उको कुल विकेट संख्या ४ खेलमा ११ पुगेको छ।

यस्तै सिता राना मगरले २ विकेट तथा शान्ति खतिवडा र करुना भण्डारीले समान १/१ विकेट लिए।

२०७६ मंसिर २१, शनिबार मा प्रकाशित