दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबल अन्तर्गत खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा २-१ ले माल्दिभ्सलाई पराजित गर्दा नेपाल अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ।
खेलको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले वान टचमा गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले डिबक्स बाहिरबाट भली गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। दोश्रो हाफ अन्तर्गत ५२ औं मिनेटमा बराबरी गोल गर्यो। अनन्त तामांगले हेडर मार्फत गोल गरे र नेपाललाई २-१ को अग्रता दिलाए।
जित पछि नेपाल अंकतालिकामा ३ खेलमा ७ अंक सहित शिर्ष स्थानमा उक्लेको छ। नेपालको ३ खेलमा २ जित र १ बाबरी पछि ७ अंक रहेको छ। लिग चरणमा सबै टिमले १-१ खेल खेलीसकेपछि उत्कृस्ट २ टिमले स्वर्ण पदकको लागि खेल्नेछन्।
माल्दिभ्सलाई पराजित गरेपछि अब नेपालको फाइनल खेल्ने सम्भावना पक्का जस्तो भएको छ। अन्तिम खेलमा बंगलादेशसंग बराबरी खेले पनि नेपाल फाइनल प्रवेश गर्नेछ।
नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो भने दोश्रो खेलमा श्रीलंकासंग १-१ को बराबरी खेलेको थियो। अब नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशसंग भोलि आइतबार खेल्नेछ।
साग पुरुष फुटबलमा नेपाल सहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाएका छन्।