साग पुरुष फुटबल : भुटान इतिहासमै पहिलो पटक फाइनलमा

काठमाडौं । भुटान १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ।

भुटानले शनिबार दशरथ ंरंगशालामा भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको हो । यो जितपछि पांच टिम सम्मिलित प्रतियोगिताको राउन्ड रोबिनको तालिकामा भुटानले शीर्ष स्थान पनि कब्जा गरेको छ।

भुटानको चार खेलपछि नौ अंक भएको छ । नेपाल सात अंकमा दोश्रो स्थानमा छ । नेपालले यसअघिको खेलमा माल्दिभ्सलाई २–१ ले हराएको थियो । नेपालको जितमा अभिषेक रिजालले ४३ र अनन्त तामाङले ५५ औं मिनेटमा गोल गरे । माल्दिभ्सका तर्फकाबाट इब्राहिम हुसेनले १८ औं मिनेटमा गोल गरे।

अब नेपालले फाइनल प्रवेश गर्ने दोश्रो टिम हुन बंगलादेशविरुद्ध निर्णायक खेल खेल्नेछ । बंगलादेश चार अंकमा दोस्रँे स्थानमा छ । फाइनलमा आफ्नो स्थान निश्चित गर्न नेपालले अब बंगलादेशलाई हराउनु पर्नेछ अथवा कम्तीमा बराबरी खेल्नु पर्नेछ । बंगलादेशलाई भने फाइनल प्रवेशका लागि निश्चित जित आवश्यक हुनेछ ।

माल्दिभ्स र श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुवै टिम दुई दुई अंकमै सीमित रहे । भुटानको जितमा भने १९ औं मिनेटमा छिमी दोर्जे, ६९ औं मिनेटमा दावा छिरिङ र ८० औं मिनेटमा यासी दोर्जेले गोल गरे । आफ्नो पूरा फुटबल इतिहासमै भुटान फाइनल पुगेको यो पहिलो पल्ट हो ।

२०७६ मंसिर २१, शनिबार मा प्रकाशित