महिला ह्यान्डबल : नेपाललाई रजत

  • पोखरा, २२ मंसिर ।

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारत संग पराजित हुँदै कास्य पदकमा सिमित भएको छ भने भारत उपाधी रक्षा गर्न सफल भएको छ ।

नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो । यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो ।

स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १-१ गोल जोडे ।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३-३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १-१ गोल थपे ।

बंगलादेशलाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो ।

भरतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । १२ औं सागमा पाकिस्तान कास्य पदक बिजेता हो ।

प्हिलो हाफमा १७–५ ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

२०७६ मंसिर २२, आईतवार मा प्रकाशित