काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले ४ स्वर्ण जित्दै इतिहास बनाएकी छिन्।
सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्। उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पारिन् । शिवांगीको समय ५८.१५ सेकेन्ड रह्यो ।
सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन्। दिपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् ।
१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन्।