साग : पुनमले दिलाइन् जुडोमा दोश्रो स्वर्ण ( फोटो फिचर सहित )

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा नेपालले अर्को स्वर्ण पदक हात पार्न सफल भएको छ ।

जुडोबाट पुनम श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएकी हुन्। पुनमले ७८ केजी तौलसमूहबाट स्वर्ण पदक जितेकी हुन्। पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।

पुनमले यसअघि भारतकी नवनित कौरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन । नेपालले जुडोमा दोस्रो स्वर्ण जितेको हो ।

यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन्। नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो। यसअघि जुडोको ५२ केजीमुनिको भिडन्तमा देविका खड्काले पहिलो स्वर्ण पदक जिताएकी थिइन्।

Poonam Shrestha
Poonam Shrestha
Poonam Shrestha
Poonam Shrestha

Devika Khadka
Devika Khadka

२०७६ मंसिर २३, सोमबार मा प्रकाशित