सुदुर पश्चिमसंग मलेसिया ४९ रनमै अलआउट

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘डी’ अन्तर्गतको खेलमा शनिवार मलेसिया सेलेक्सन-११  र सुदुर पश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको मलेसियाले कमजोर ब्याटिंग गर्दै २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाएको छ। स्कोरकार्ड

पहिलो ओभर देखि विकेट गुमाउन सुरु गरेको मलेसियाले लगातार विकेट गुमाएको थियो। पहिलो ८ विकेट २८ रनमै गुमाएपछि नवौं विकेटको लागि भिरनदिप सिंह र अनवर रहमानले १९ रनको साझेदारी गरेका थिए।अनवर ३ रन बनाएर आउट भएपछि सिंह पनि २२ औं ओभरमा आउट हुन पुगे।

Sher Malla

भिरनदिप सिंहले ६९ बलमा ३ चौका मदतले २२ रन बनाउनु बाहेक अन्य मलेसियन ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ मलेसियन ब्याट्सम्यानहरु खाता नखोली आउट भए।

मलेसियालाई सानो योगफलमा समेट्न सुदुर पश्चिमका स्पिनर शेर मल्लले ५ तथा बिनोद लामाले ४ विकेट लिए। मल्लले १० ओभरमा ३ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। लामाले ९ ओभरमा ३ मेडन ओभर गर्दै २१ रन खर्चिए। बिक्रम ठगुन्नाले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत यस अघि समुह ‘ए’ , ‘बि’ र ‘सी’ का खेलहरु सम्पन्न भइसकेका छन् जसबाट त्रिभुवन आर्मी क्लब, प्रदेश-३ र नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

२०७६ पुष २६, शनिबार मा प्रकाशित