रुपन्देही सुपर लिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लब विजयी

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा अन्तर्गत शनिबार सम्पन्न खेलमा ज्ञानोदय क्रिकेट क्लब तिलोत्तमा विजयी भएको छ।

डिभिजन (बी) अन्तर्गत भएको खेलमा ज्ञानोदयले बुटवल युथ स्पोर्टस क्लब बुटवललाई ६ विकेटले पराजित गरेको हो।

निर्धारित ४० ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल युथले २४.२ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १०४ रनको योगफल बनायो । उसका लागि कृष्ण गिरीले ३८ र विनित पौडेलले १६ रनको योगदान गरे । बलिङमा ज्ञानोदयका कृष्ण भुसालले ३ तथा अशोक मौर्या र विवेक यादवले २/२ विकेट लिए ।

जवाफमा ज्ञानोदयले २३ ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनायो । उसका लागि कृष्ण भुसालले २३ (नटआउट), क्षितिज गैरेले १२ र लोकेन्द्र सेनले १४ (नटआउट)को योगदान गरे । बलिङमा बुटवल युथका विनित पौडेलले २ तथा आरिफ शेष र अजय चौधरीले १÷१ विकेट लिए ।
खेलमा ज्ञानोदयका कृष्ण भुसाल म्यान अफ द म्याच घोषित भए । आइतबार गोलपार्क क्रिकेट क्लब बुटवल तथा जितगढी क्रिकेट क्लबबीच हुनेछ।

नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५÷५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् । क्रिकेट प्रतियोगितामा डिभिजन ए का ८ र बि का १२ गरी २० टिम सहभागि हुनेछन् ।

२०७६ पुष २६, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment