बिनोद लामा एक्लैले लिए ७ विकेट, गण्डकी ६४ रनमै सिमित

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘डी’ अन्तर्गतको दोश्रो खेलमा गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा ६४ रनमा सबै विकेट गुमाउदै सुदुरपश्चिम प्रदेशलाई ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड

गण्डकीलाई सानो योगफलमा सिमित गर्न सुदुर पश्चिमका देब्रे हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए। लामाले अघिल्लो खेलमा मलेसिया बिरुद्ध पनि ४ विकेट लिएका थिए। ७ विकेट हात पार्ने क्रममा लामाले ९.३ ओभर बलिंग गर्दै २ मेडन ओभर सहित १४ रन मात्र खर्चिए। यस्तै अफ स्पिनर शेर मल्लले २ तथा तिब्र गति बलर बिक्रम ठगुन्नाले १ विकेट लिए।

Binod Lama

गण्डकी प्रदेशको लागि ओपनिंग ब्याटिंग गरेका किशोर महतोले सर्वाधिक १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। दिपेश खत्री १  , बिधान श्रेष्ठ ६, मुस्कान थापा ७, आकाश थापा ० , सुबास भण्डारी ९ , गोभिन्द प्रधान ५ , बिशाल पौडेल ३, दिपेश श्रेष्ठ ५ तथा अमृत गुरुङ खाता नखोली आउट भए।

आजको खेल जितेमा सुदुरपश्चिम सेमीफाइनल प्रवेश गर्नेछ। शनिवार सम्पन्न खेलमा सुदुरपश्चिमले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

प्रतियोगिता अन्तर्गत हालसम्म त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र प्रदेश नम्बर-३ सेमीफाइनल प्रवेश गरिसकेका छन्।

२०७६ पुष २७, आईतवार मा प्रकाशित