एमएम कप : मलेसियाको उत्कृस्ट कम्ब्याक, गण्डकीलाई २९९ रनको लक्ष्य

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा मलेसिया र गण्डकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

समुह ‘डी’ बाट यस अघिनै सुदुरपश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरिसकेको छ। मलेसिया र गण्डकी प्रतियोगिताबाट बाहिरीसकेको छ। मलेसियाले पहिलो खेलमा सुदुरपश्चिमसंग ८ विकेटको हार बेहोर्ने क्रममा मात्र ४९ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

खेलमा टस जितेर ब्याटिंग रोजेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २९८ रनको योगफल तयार गरेको छ। स्कोरकार्ड 

मलेसियाको लागि ओपनर ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाए जुन क्रममा १११ बलमा ११ चौका प्रहार गरे। यस्तै अर्का ओपनर भुषण सेभ र भिरनदिप सिंहले समान ५० रन बनाए। भुषणले ३४ बलमा ८ चौका र १ छक्का तथा भिरनदिपले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै एहमद फैजले ३१, मोहम्मद अरिफले २०, मोहम्मद हफिजले १५ तथा नजरिल रहमानले १३ रन बनाए।

ऐनुल हकिमले उत्कृस्ट इनिंग खेले

पहिलो विकेटको लागि भुषण र ऐनुलले ७८ रनको साझेदारी गरेका थिए। भुषणको विकेट पछि दोश्रो विकेटको लागि ऐनुल र कप्तान एहमद फैजले ७६ रनको साझेदारी गरे। फैजको विकेट पछि ऐनुलले भिरनदिप सिंहसंग ८० रनको साझेदारी गरेका थिए।

गण्डकी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चिए। चन्द्र कान्त पौडेलले २ तथा गोभिन्द प्रधानले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत यस अघि समुह ‘डी’ अन्तर्गतको खेलमा मलेसियालाई सुदुरपश्चिमले ८ विकेटले पराजित गरेको थियो। यस्तै सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको थियो।

२०७६ पुष २८, सोमबार मा प्रकाशित