आर्मीद्वारा प्रदेश-३ लाई २ सय १७ रनको लक्ष्य, गौतम केसीले लिए ४ विकेट

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर-३ प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको आर्मीले निर्धारित ४७ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको छ। ढिला सुरु भएका कारण खेल ४७ ओभरमा झारिएको थियो।  स्कोरकार्ड 

आर्मीको लागि ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक ४३ रन बनाए। यस्तै कुशल मल्लले ३७, रोहित पौडेलले २९, बिक्रम सोबले २४ रन बनाए।

Gautam KC

प्रदेश-३ को बलिंगमा तिब्र गति बलर गौतम केसीले ४ विकेट लिए जुन क्रममा ७.३ ओभर बलिंग गदै २२ रन खर्चिए। तिलक राज भण्डारी, नन्दन यादब र इशान पाण्डेले समान २ विकेट लिए।

२०७६ माघ १, बुधबार मा प्रकाशित