एमएम कप सेमीफाइनल : पुलिसद्वारा सुदुरपश्चिमलाई २ सय ३० रनको लक्ष्य

मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा गरिरहेका छन्।

इनरुवा रंगशालामा जारि खेलमा टस जितेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको छ। स्कोरकार्ड 

पुलिसको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ललित सिंह भण्डारीले ४० रन बनाए जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे। अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदुरपश्चिमको बलिंगमा शेर मल्ल, बिनोद लामा र आकाश चन्दले समान ३ विकेट लिए। सन्तोष भट्टले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर-३ लाई पराजित गर्दै फाइनलमा स्थान बनाईसकेको छ। फाइनल खेल शनिवार हुनेछ।

२०७६ माघ २, बिहीबार मा प्रकाशित