क्रिकेटर रोहन बिकलाई ईजिवोर्ल्डको प्रायोजन

सप्तरीका क्रिकेटर रोहन बिकलाई बर्ष २०२० को लागि ईजिवोर्ल्ड ईन्जिनियरिंग प्रा.लि राजबिराजद्धारा प्रायोजन गरिएको छ।

नेपाली अन्डर-१६ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका बिकले गत वर्ष थाईल्याण्डमा सम्पन्न एसीसी अन्डर-१६ इस्टर्न प्रतियोगितामा नेपाल विजेता हुँदा तिब्र गति बलरको रुपमा टिमको प्रतिनिधित्व गरेका थिए। एसईई परिक्षा छोडेर प्रतियोगिता खेल्न थाइल्याण्ड पुगेकोले उनको चर्चा भएको थियो।

ईजिवोर्ल्ड ईन्जिनियरिंग प्रा.लिका प्रो. रामजी यादवले रोहनलाई स्तरीय क्रिकेट खेल्न आवश्यक सामाग्री जोहो गर्न सजिलो होस भन्ने उद्धेश्यका साथ बार्षिक ५० हजार प्रदान गर्ने जानकारी गराउदै दुवै पक्षद्धारा सम्झौतामा हस्ताक्षर समेत गरिएको थियो ।

प्रायोजन वापत क्रिकेटर रोहन बिकले ईजिवोर्ल्ड ईन्जिनियरिंग प्रा.लि.को प्रचार प्रसार गर्नुको साथै मैदानमा ओर्लदा अनिवार्य रुपमा ब्याटमा ईजि वल्र्ड ईन्जिनियरिंग प्रा.लिको स्टिकर प्रयोग गर्न पर्नेछ। यस्ईतै जि वल्र्ड ईन्जिनियरिंग प्रा.लि. उपलब्ध गराएको प्रचार प्रसारका सामाग्रीको समेत प्रवर्द्धन गर्ने रोहनको जिम्मेवारी रहनेछ ।

कार्यक्रममा ईजिवोर्ल्ड ईन्जिनियरिंग प्रा.लि.का प्रोपोराईटर रामजी यादवले आफनो प्रालिले सप्तरीको क्रिकेटरहरुको क्षमता बिकास तथा उत्साह प्रदानका लागि भविष्यमा समेत बिभिन्न क्रियाकलाप संचालन गर्ने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ सप्तरी क्रिकेट संघका सचिव चन्दन यादव, अम्पाएर तथा स्कोरर संघका अध्यक्ष निरज क७३घढसमार सिंह तथा प्रशिक्षक राजकुमार दासको उपस्थिती रहेको थियो ।

२०७६ माघ ३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment