स्कुल क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरेका बल क्रिकेटर गोलु सिंहलाई सबल नेपालद्वारा खेल सामग्री प्रदान

भर्खरै सप्तरीको राजबिराजमा संचालित अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका ११ बर्षिय बालक क्रिकेटर गोलु सिंहलाई सबल नेपालले खेल सामाग्री प्रदान गरेको छ ।

सबल नेपालले मुख्य कार्यालय राजबिराजमा आयोजित कार्यक्रममा बालक क्रिकेटर गोलु सिंहलाई आवश्यक ब्याट १ थान, प्याड १ जोड, ब्याटिंग ग्लब्स १ जोड, हेल्मेट १ थान, बल १ थान र गाड १ थान प्रदान गरिएको छ ।

गोलु सिंहले अन्तर बिद्यालय जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरि ईमरजिंग प्लेयर समेत बन्न सफल भएको र उनको परिवारिक अवस्था समेत न्युन भएकोले उनको हौसला प्रबद्र्धनका लागि आवश्यक खेल सामाग्री बितरण गरिएको जानकारी सबल नेपालका अध्यक्ष जुना गिरीले गराउनु भएको थियो ।

उनको उमेरको हिसावले लेग स्पिनमा राम्रो टर्न र लाईन लेन्थ राम्रो छ र उनले यसलाई निरन्तरता दिन सकेमा भविष्यमा राम्रो क्रिकेटर बन्न सक्नेछ तर सो को लागि उनको आर्थिक अवस्थामा कमजोर रहेकोले सवैले सक्दो सहयोग गर्नु पर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा क्रिकेटर गोलु सिंहलाई पिसि कम्पुटर राजबिराजका प्रोपोराईटर धर्मेन्द्र यादवले समेत १ थान जर्सि सेट प्रदान गरेका थिए ।

सामाग्रि बितरण कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सबल नेपालकै परमेश्वर झा र अशोक साह तथा जिल्ला बाल क्लब संजाल सप्तरीका पुर्व अध्यक्ष अमर यादव लगायतको उपस्थिती रहेको थियो ।

क्रिकेटर गोलु सिंह दायाँ हाते बलिंग अलराउण्डर हुन । उनी लेग स्पिनर हुन भने दायाँ बाते व्याट्सम्यान समेत हुन । उनी केशो अनिरुद्ध माध्यमिक बिद्यालय राजबिराजमा कक्षा ४ मा अध्यनरत छन भने उ भन्दा ठुलो उनका २ दाजु र १ दिदि छन भने परिवारमा उनी कान्छो हुन । उनका बाबा छैन भने आमा एक निजि बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छिन ।

२०७६ माघ १४, मंगलवार मा प्रकाशित