बुढासुब्बा गोल्डकप : उद्घाटन खेलमा धरान पराजित

धरान / धरानमा शुरु भएको २२ औं टुर्वोग बुढा सुब्बा गोल्डकपको पहिलो चरण्बाटै धरान फुटबल क्लब बाहिरिएको छ । उद्घाटन खेलमा टाइबेकरमा युनाइटेड खार्साङ फुटबल क्लब भारतले धरान फुटबल क्लबलाई ४–२ गोलको अन्तरले हराएसंगै धरान फुटबल क्लब पहिलो चरणबाटै बाहिरिएको हो ।

खेलको ३५ मिनेटमा धरानका सुनिल खड्काले गोलको खाता खोलेपनि खेलको ७७ औं मिनटममा खार्साङका संगीत क्षेत्रीले खेललाई बराबरमा पु¥याएपछि समयअवधिभर गोल हुन नसकेपछि खेल टाइबेकरम धकेलिएको थियो ।

ट्राइबेकरमा ४–२ गोल अनतरले हराएका खर्साङल सिद्धान्त क्षेत्री, प्रशान्त राई, विरेन प्रधान र प्रयास प्रधानले गोल गर्दा धरानका तर्फबाट धरानका तर्फबाट हेमन्त थापा र मनिष गुरुङले मात्र गोल गरेका थिए । धरानका तर्फबाट विक्रम लिम्बु र मनोज राईले गरेको प्रहार गोल हुन सकेन ।

प्रतियोगितामा सिकिकमका वार्डेन तामाङ म्यान अफ द म्याच घोषित हुदै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै धरानका सुनिल खड्काले प्रतियोगिताको पहिलो गोल गरेवापत १ हजार ५ र उत्कृष्ट गोल गरेवापत ५ हजार प्रप्त गरेका छन् ।

धरान १६ रंगशालामा आयोजना गरिएको २२ औं संस्करणका बुढासुब्बा गोल्डकपको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गर्नुभएको थियो । भोलिका खेल मेची नेत्रालय फुटबल ट्रेडिङ्ग सेन्टर झापा र विभागीय टिम नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछन ।

२०७६ फाल्गुन १०, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment