हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी: धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा भएको छ। धनगढी रंगशालामा शुक्रवार भएको चौथो क्वाटरफाईनल खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो। प्रतियोगितामा शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब, थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन्।

चौथो क्वाटरफाइनलमा जित हात पार्दै हिमालयन शेर्पा क्लब अन्तिम चारमा पुगेको छ। पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको हिमालयन शेर्पाले गोर्खा व्वाईज रुपन्देहीलाई टाईव्रेकरमा ५–४ ले पराजित गरेको हो।

निर्धारित समयमा दुवै टीमले गोल रहित बराबरी खेलेपछि टाईव्रेकरवाट निर्णय लिईदा त्यसमा हिमालयन शेर्पा सफल भएको हो। टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने। उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए।

त्यही पेनाल्टी बचाऊले शेर्पा अन्तिम चारमा पुग्यो। गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुपबहादुर लामा र उत्तम गुरुङले गोल गरे। शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे। खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए उनले नगद १० हजार सहित ट्रफी पाए।

खेलपछि प्रतिक्रिया दिदैं शेर्पाका म्यानेजर सुसिल तामाङले धेरै प्रतियोगिता खेलेका कारण खेलाडीहरुले स्कोर गर्न नसकेको भएप्नि टाईव्रेकरमा सफल भएको बताए। ‘खेलाडीहरुले आराम पनि पाएका छैनन्। मैदान पनि साहे छ। त्यसैमा स्ट्राईकर पनि घाईते भएकोले हाम्रो स्कोर हुन सकेन्’ उनले भने, ‘पेनाल्टीमा किपर राम्रो छ। उसले रोक्छ भन्नेमा ढुक्क थियौं। त्यही नतिजा आयो। म्यानेजर तामाङले अव आईतवार थ्रीस्टारसँगको सेमिफाईनल खेलका लागि स्ट्राईकर पनि आउने र राम्रो खेल खेल्ने बताए।

गोर्खा ब्वाइज क्लबका प्रशिक्षक प्रदिप आचार्यले राम्रो खेलेको भएपनि पाएका मौकालाई गोल गर्न नसक्दा हार व्यहोरेको बताए। ‘राम्रो खेल्यौ, पाएका चान्स, वान भर्सेस वानमा पनि स्कोर हुन सकेन्। त्यो स्कोर भएको भए जित्थ्यौ’ उनले भने, ‘ट्राईकर र केही खेलाडीहरु आज मात्रै आएका हुन् । उनीहरुले लगातार गेम खेलिरहेकोले पनि समस्या भयो।

शनिवार प्रतियोगिताको पहिलो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय टीम नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै आईतबार दोस्रो सेमिफाईनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोबाइल पाईरहेका छन् भने एक/एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन्। वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिइरहेको छ।

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ।

यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र टिकट पाटर्नरमा स्टेपिङ स्टाने स्कुल रहेको छ।

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि प्रतियोगीता आयोजना गर्दै आएको छ।

२०७६ फाल्गुन १६, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment