बुढासुब्बा गोल्डकप : उपाधिको लागि पुलिस र मनाङ भिड्दै

धरान / शनिवार धरानमाजारी २२ औं बुढासुब्बा गोल्डकपको फाइनलहुदैछ । फाइनलमा यसपटक पाच पटक बुढासुब्बा गोल्डकप उचालिसकेको विभागीय टिम नेपाल पुलिस र बलियो प्रतिस्पर्धीको रुपमा उभिएको मनाङ मर्स्याङ्दी क्लब फाइनलमा भिड्दैछन् ।

दुवै टिमले आफूलाई बलियो सावितगर्दै आफ्नो जित सुनिश्चितहुने दाबीगर्दै आइरहेका छन् । प्रतियोगिताको क्वार्टर् फाइनलमा मेची नेत्रालयलाई ३–१ गोल र सेमीफाइनलमा यसपटकको सहीद स्मारक ए डिभिजन लिग प्रतियोगिता विजेता सडन डेथमा ५–४ गोल अन्तरले हराउदै फाइनलमाप्रवेश गरेको पुलिसले मच्छिन्द्रजस्तो बलियो टिमलाई सेमीफाइनलमा हराएकोले शनिवार हुने फाइनलमा मनाङलाई समेत जित्ने दाबी पुलिस मैदानमा उत्रिदै छ ।

मनाङ बलियो प्रतिष्पर्धी भएपनि मच्छिन्द्र जस्तो टिममलाई आफूहरुले पाखालगाएकोले फाइनल आफ्नो पोल्टामा पर्न दाबीपुलिसका टिम क्याप्टेन जुमानु राई दाबी गर्छन्। तीन राष्ट्रिय खेलाडीसहित युवाजोश जागरले भरिएका पुलिसले छैठो पटक पनि बुढासुब्बा गोल्डकपको उपाधी उचाल्दै विगतमा मनाङसंग हारको बद्लालिने क्याप्टेन राईको भनाई छ ।

यता डिफेन्डिङ च्याप्यिन मनाङ पनि आफ्नो जित सुनिश्चितहुने दाबीगर्दै आएको छ । सहीद स्मारक ए डिभिजनमा तेस्रो स्थानहासिल गरेको मनाङले यस भन्दा अगाडि तीन पटक बुढासुब्बा गोल्डकप उचालिसकेको छ । यसपटक पनि राष्ट्रिय खेलाडी सहित युवाजोश जागरले भरिएका खेलाडीहरु टिममा समावेश गरिएकाले २२ औं संस्करको उपाधिपनिआफ्नो पोल्टामा पार्दै चारपटकको बुढासुब्बा गोल्डकपका विजेताहुने दाउमा रहेको मनाङका टिम क्याप्टेन कमलश्रेष्ठ बताउछन् ।

मोफसलकै लोकप्रिय र पुरानो गोल्डकप बुढासुब्बा गोल्डकपे छुट्टै पहिचानबाेकेकाे गोल्डकप भएकोले शिल्ड आफ्नो पोल्टामा पार्न सके टिमकै गरिमा बढ्ने भएकोले पनिभोलिको फाइनल खेल निकै नै प्रतिष्पर्धात्मकहुने निश्चित छ । दर्शक तथा खेलप्रेमीहरुले मनाङ र पुलिस दुवै बलियो टिम भएकोले पनिफाइनल कस्को पोल्टामा जाने हो भन्ने अड्कलबाजीसंगै फाइनल हेर्न उत्साहित देखिएका छन् ।

२०७६ फाल्गुन १७, शनिबार मा प्रकाशित