सुदूरपश्चिम–११ खप्तड गोल्डकपको फाईनलमा

धनगढी : धनगढीमा जारी नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ फाईनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनलमा सशस्त्र प्रहरी बल एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लव उपाधि नजिक पुगेको हो।

सुदूरपश्चिमको जितमा विक्रम सिंह ठकुरी नायक बने। उनले खेलको सुरुवातमा दुई गोल गर्दै सुदूरपश्चिम–११ लाई अग्रता दिलाए। एपिएफले खेलमा सुदूरपश्चिम–११ लाई दवावमा राखेपनि एक गोल मात्रै गर्न सक्यो। उस्का लागि आशिष लामाले एक गोल गरे।

आईतबार दोस्रो सेमिफाईनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

२०७६ फाल्गुन १७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment