२२ औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

धरान / औं बुढासुब्बा गोल्डपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौले उचालेको छ । धरान १६ रंगशालामा भएको अन्तिम खेलमा मनाङले विभागीय टिम नेपाल पुलिसलाई ३–० गोल अन्तरले हराउदै उपाधि उचालेका होे । प्रतियोगितामा पुलिसले ११ मिनेटमा दयानन्द सिंहले खाता खोलेका थिए भने खेलका ४९ औ मिनेटा निशान लिम्बु र विमल रानाले खेलको ९२ आंै मिनेटमा १ गो गरेका थिए । पुलिसका तर्फबाट एक मात्र गोल ६७ औं मिनेटमा भोला सिलवालले पाएको पेनाल्टीको सदुपयोग गर्दै सान्त्वना गोल गरेका थिए ।

बुढासुब्बा गोल्डकपको २२ आंैं संस्करणसम्म आइपुग्दा तीनपटक भिडेका यी दुई टिममा पुलिसले मनाङलाई एक पटक पनि जित्न सकेको छैन । यो संगै मनाङले चारपटक बुढासुब्बाको उपाधि उचालेको हो भने पाचौ पटक गाल्डकप उचालेको पुलिसले छैठौ पटक उचाल्ने सपना हारसंगै तुरिएको छ । जितसंगै उपाधि हात पारेको मनाङले नगद १० लाखसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले नगद ५ लाख प्राप्त गरे ।

प्रतियोगिामा आजको उत्कृष्ट गोलकर्ता मनाङका विमल राना घोषित हुदै नगद ५ हजार प्राप्त गरेका छन् भने खेलको म्यान अफ द म्याच मनाङकै अञ्जन विष्ट घोषित हुदै नगद १५ हजार प्राप्त गरे ।

यसैगरी व्यक्तिगततर्फ वेष्ट गोलकिपर मनाङका अशोक बराल, वेष्ट डिफेन्डर पुलिसका सुमन सुवेदी, वेष्ट मिड फिल्डर मनाङका पुजन उपरकोटी, बेष्ट फरवार्ड पुसिलसका जुमानु राई घोषित हुदै जनही २५÷१५ हजार प्राप्त गरे । यसैगरी सर्वाधिक गोलकर्ता मनाङका दयानन्द सिंहले नगद ३५ हजार प्राप्त गरे भने प्रतियोगिताको उत्कृष्ट खेलाडी मनाङका सुरज विक घोषित हुदै स्कुटी प्राप्त गरेका छन् ।

२०७६ फाल्गुन १८, आईतवार मा प्रकाशित