राष्ट्रिय भलिबलमा पुलिसले सोलुलाई हरायो

सुनसरी / सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस बिजयी भएको छ । पुलिसले सोलुखुम्बु भलिबल टिमलाई पराजित गरेको हो । महेन्द्र चोकमा समपन्न खेलमा पुलिसले सोलुखुम्बु माथि सोझो सेटमा जित निकालेको छ ।

सोलुका खेलाडी माथि सुरुवात देखिनै हावी भएको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित दर्ता गरेको छ । नेपाल पुलिसले २५–१९, २५–१५ र २५–१४ को स्कोरको सोझो सेटमा जित निकालेको हो ।

प्रतियोगिताका म्यान अफ द म्याच बिजयी टिमका झनक सिंह घोषित भए । त्यसअघिको खेलमा झापा अनुपस्थित भएपछि आयोजक बाई पाएर सोझै अर्को चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।

२०७६ फाल्गुन १९, सोमबार मा प्रकाशित