पेनाल्टीमा झापा ११ संग एपिएफ पराजित

आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न खेलमा पेनाल्टी शुट आउटमा विभागिय टिम शसस्त्र प्रहरी एपिएफ क्लब झापा ११ संग ५–३ को हार व्यहोरेको छ ।

खेलको निर्धारित समयमा गोल रहित बराबरीमा सकिए पछि थपिएको ३० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । एपिएफको सेट टिम संग निकै दबाबमा खेलेको झापा ११ ले थपिएको समयको पहिलो हाफको ११ औं मिनेटमा गोलको खाता खोल्यो । अभिषेक गुरुङको लामो पासलाई सुनिल खडकाले वन टच प्रहारमा गोलको दिशा तय गराए ।

तर झापाको अग्रतालाई झापाले थेग्न भने सकेन । दोस्रो हाफको अन्तिम समयमा अर्थात १२० मिनेटमा झापाले बराबरी गोल फर्कायो । मैदानको पुर्वी भाग बाट श्याम नेपालीको क्रसमा आकाश बुढामगरले गरेको हेड गोल किपर राज कुमार लिम्वुले पञ्च गरेको बल गोल लाइनमा ड्रप हुँदै गोल हुन पुग्यो ।

पेनाल्टी शुट आउटमा भने एपिएफका सुदिप शिखाकारको प्रहारलाई झापाका गोल रक्षक राज कुमार लिम्बुले रोके पछि झापा ११ क्वाटर फाइनलमा प्रवेश गर्यो । झापाका हेमन्त थापा, मौसम लिम्बु, प्रमोद चौधरी, बिशाल दर्जी र सन्जित राइले गोल गरे । यता एपिएफका लागि नविन लामा, राजिव लोप्चन र राजु नगरकोटीले गोल गरेका थिए ।

निर्धारित समयको ५३ औं मिनेटमा एपिएफले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । गोल रक्षक राज कुमार लिम्वुले बिकु तामाङलाई डि एरियामा लडाएपछि एपिएफले पेनाल्टीको अबसर पाए पनि नविन लामाको प्रहारलाई किपरले आर्कषक बचाउ गरेका थिए । खेलमा एपएिफले निकै आक्रमक शैलीमा खेल खेल्दै गोल गर्ने धेरै अवसर प्राप्त गरेको भएपनि गोल भने गर्न सकेन ।

हार पछि प्रतिक्रिया दिंदै एपिएफका प्रशिक्षक राजेन्द्र तामाङ आफ्नो टिमको खेल बाट निराशा लागेको बताए । उनले भने–“खेलमा हार जित हुन्छ तर आज हाम्रो खेलाडीको पर्दशन राम्रो थिएन, यसलाई म राम्रो हो भन्दिन ।” टिममा स्ट्राइकरको अभाव खटकिएको उनले बताए ।

यता एपिएफ संगको जित पछि आफ्नो टिमले स्वाभिाविक ढङ्गको गेम खेलेको झापा ११ का प्रशिक्षक सन्तोष गुरुङले बताए । झापा ११ सि डिभिजनको तयारीमा रहेको यूवा टिम रहेको र विभागिय टिम संग जित निकाल्नु टिमको लागि सुखद रहेको बताए । झापा ११ ले फागुन २५ गते मनाङ मर्स्याङदी संग खेल्ने छ ।

खेलमा झापा ११ का किपर राज कुमार लिम्बु प्लेयर अप दि म्याच घोषित हुँदै सहारा युके द्वारा प्रदान गरिएको नगद ५ हजार र ट्रफी प्राप्त गरे भने यता उनको खेलको शैलीलाई प्रशंसा गर्दै राखेपका सदस्य राजेश गुरुङले ५ हजार ५ सय नगद प्रदान गरे ।

शनिबारको पहिलो क्वाटर फाइनल खेल बिग्रेड ब्वाइज क्लब र नेपाल पुलिस क्लबका विच हुने भएको सहारा क्लवले जनाएको छ ।

२०७६ फाल्गुन २३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment