आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा, पुलिस संग भिड्ने

पोखरा, विभागिय टिम नेपाल आर्मीलाई ३–२ गोलले सेमीफाइनलमा पराजित गर्दै नेपाल आयल कर्पोरेशन मनाङ मर्स्याङदी क्लब जारि १८ औं आहा ! रारा गोल्ड कप प्रतियोगिताको फाइनलमा पुगको छ । यहि शनिबार उपाधीका लागि मनाङ र नेपाल पुलिस भिड्ने छन ।

पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मनाङले चौथो मिनेटमा गोलको खाता खोल्दै आर्मीलाई दबाबमा राखेको थियो । सुशिल लामाको कर्नर किकलाई विमल रानाले हेड गर्दै अन्जन विष्टलाई दिएको पास अन्जनले फ्लोरेन्टलाई गोलका लागि एसिष्ट गरेका थिए । उक्त पासलाई फ्लोरेन्टले वन टचमानै प्रहार गर्दै टिमलाई अग्रता दिलाए ।

यसै गरि खेलको २९ औं मिनेटमा मनाङले आफ्नो अग्रतालाई दोब्बर बनायो । अन्जन विष्टको पासमा बिमल राना मगरले टिमका लागि दोश्रो गोल गरे । अनमार्क रहेका विमलले आर्मीका किपर बिबस चौधरीलाई बिट गर्दै गोल गरेका थिए ।

यता आर्मीले खेलको ४२ औं मिनेटमा गोल अग्रता मनाङ संगको गोलको दुरी कम गर्यो । सुमन अर्यालले दिएको पासमा डि बक्स भित्रै रहेका नवयुग श्रेष्ठले भरत खवासका लागि मिलाएको हेडर पास बाटै खवासले टिमका लागि गोल गरे । ८१ औं मिनेटमा बिमल रानाको पासमा अन्जन विष्टले मनाङका लागि गोल गर्ने मौका चुकाएनन ।

खेलमा ३–१ गोलले पछि परेको आर्मीले ८३ औं मिनेटमा टंक बस्नेतको क्रसमा दिप लामाले गोल गर्दै खेललाई ३–२ मा पुर्याए । टंक बस्नेत ७५ औं जर्ज प्रिन्स कार्कीको स्थानमा मैदान छिरेका थिए ।

खेल पछि प्रतिक्रिया दिंदै आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो ४ मिनेटमानै गोल खान पुग्दा टिम केही हत्सोसाहित भएको बताए । आफ्नो टिमको मिड फिल्ड राम्रो संग जम्न नसक्नु र डिफेन्सको समेत कमजोरीले पराजय भोग्नु परेको उनको भनाई थियो ।

यता मनाङका प्रशिक्षक फुजा तोपेले आर्मी जस्तो उत्कृष्ट टिम संग जित हासिल गर्दै फाइनलमा पुग्नु खुसीको कुरा भएको बताए । उनले पुलिस संगको फाइनल खेल निकै रोमाञ्चक हुने बताए । आजको खेलमा मनाङका फ्लोरेन्ट म्यान अफ दि म्याच हुँदै सहारा युकेले प्रदान गरेको नगद ५ हजारका साथ ट्रफी प्राप्त गरे ।

आहा रारा गोल्ड कपलाई सहयोग
सहारा क्लव पोखराले आयोजना गरेको आहा ! रारा गोल्ड कपलाई सहाराकै भातृ संस्था सहारा क्लब हङ्गकङ्गले २ लाख ७ हजार ४ सय ५० रुपैयाँ नगद सहयोग गरेको छ । सहारा क्लब हङ्गकङ्गका अध्यक्ष दिपक गुरुङले उक्त रकम क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।

यसै गरि गैर आवाशिय नेपाली संघ हङ्गकङ्गकी अध्यक्ष टिका गुरुङ (राधिका) ले सहारा क्लव पोखरालाई नगद १ लाख नगद प्रदान गरेकी छन भने युके बाट आएका तमु समाज युकेका माया गुरुङ, पार्वती गुरुङ र बत्ती गुरुङले संयुक्त रुपमा नगद १ लाख प्रदान गरेका छन ।

२०७६ फाल्गुन २९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment