आईपीएल-१३ आयोजना गर्ने युएईको प्रस्ताव, बिसीसीआईको निर्णय आउन बाँकी

कोरोना भाइरसको कारण अनिश्चितकालको लागि रद्द गरिएको १३ औं संस्करणको इन्डीएन प्रिमियर लिग ( आईपीएल ) को १३ औं सिजन आयोजना गर्नको लागि भारतीय क्रिकेट बोर्डलाई श्रीलंका पछि अर्को देशले पनि प्रस्ताव गरेको छ।

श्रीलंका पछि संयुक्त अरब इमिरेट्स युएईको क्रिकेट बोर्ड इमिरेट्स क्रिकेट बोर्डले पनि बिसीसीआईलाई आईपीएल आयोजनाको प्रस्ताव गरेको हो।

बिसीसीआईका कोषाध्यक्ष अरुण धुमलले युएईले प्रस्ताव गरेको स्वीकारेका छन् “युएईले आईपीएल आयोजना गर्न प्रस्ताव गरेको छ तर अहिले अन्तर्राष्ट्रिय ट्राभलमा रोक लगाइएको कारण यो बारेमा निर्णय लिने प्रश्न उठ्दैन”

“खेलाडी र प्रतियोगितामा हिस्साले सबैको स्वस्थ र सुरक्षा हाम्रो प्राथमिकता हो। अहिले पुरै दुनियाले अन्तर्राष्ट्रिय ट्राभलमा बन्देज लगाएको अवस्थामा यो चरणमा हामीले केहि तय गरेका छैनौँ”

बिसीसीआई अहिले आईपीएलको नयाँ तालिका बारे चर्चा गरिरहेको छ। मार्च-अप्रिलमा आयोजना गर्ने मिति गुमाएपछि भारतीय बोर्ड वर्षको अन्तिममा आईपीएल आयोजना गर्ने बारे सोचीरहेको छ। यदी यसो भए आईपीएल र आईसीसी टि-२० विश्वकपको मिति जुध्न सक्नेछ।

आईपीएलको सन् २००९ को संस्करण दक्षिण अफ्रीकामा तथा २०१४ को संस्करण भारत र युएईमा संयक्त रुपमा आयोजना गरिएको थियो।

कोरोनाको कारण आईपीएल सरेपछि अब कसरि आयोजना गर्ने बारे बिसीसीआई सोचमग्न रहेको छ। यस क्रममा बोर्डले दर्शक बिना लिग खेलाउने बारे पनि छलफल चलीरहेको छ।

आईपीएलको एक सिजन आयोजनाले बिसीसीआईले २५०० करोड रुपैयाँ आम्दामी गर्न सक्थ्यो। यस्तै सहभागी फ़्रेन्चाइज्ले १५० करोड बढी आम्दानी गर्दा खेलाडीहरुले तलब मार्फत ६०० करोड पाउछन्।

आईपीएलको आयोजनाले यति धेरै आम्दानी सुरक्षित रहेको अवस्थामा आईपीएलको आयोजना गर्न अन्य देशले चाख देखाउनु अस्चार्यजनक छैन। आईपीएल दक्षिण अफ्रीकाले आयोजना गर्दा ११.४ मिलियन डलरको आम्दानी गरेको थियो।

दक्षिण अफ्रीका भन्दा कम पैसामा युएई बोर्डले आयोजना गर्दा बिसीसीआईको लागि फाइदाजनक मानिन्छ। आयोजनाले युएईलाई क्रिकेट केन्द्र बनाउन मद्दत गर्नेछ।

अर्को तर्फ श्रीलंका क्रिकेट बोर्ड आर्थिक मन्दीमा चलीरहेको अवस्थामा आईपीएल आयोजना गर्दै राहत पाउन चाहन्छ।

बिसीसीआईले श्रीलंका र युएई जस्ता देशको प्रस्ताव बारे भारतमा लकडाउनको अन्त्य पछि निर्णय गरे बताएको छ।

२०७७ बैशाख २८, आईतवार मा प्रकाशित