अफ्रिदी माथि कनेरियाको गम्भीर आरोप – “उनि सधै मेरो बिरुद्ध थिए”

पाकिस्तानका पुर्व हिन्दु क्रिकेटर दानिश कनेरियाले आफ्नो टिमका पुर्व कप्तान तथा स्टार अल-राउण्डर शाहिद अफ्रिदी माथि गम्भीर आरोप लगाएका छन्।

पिटीआईसंग एक अन्तर्वार्ताका क्रममा ३९ वर्षीय पुर्व लेग स्पिनर कनेरियाले अफ्रिदीले सधै आफुलाई भेदभावपूर्ण व्यवहार गरेको खुलासा गरेका हुन्।

पछिल्लो केहि महिना देखि आफ्नो करियरबारे खुलेर बोल्न थालेका कनेरियाले आफु माथि हिन्दु भएका कारण भेदभाव भएको केहि अघि खुलासा गरेका थिए। कनेरियाको उक्त खुलासालाई साथी क्रिकेटर शोएब अख्तरले समर्थन गरेका थिए। अख्तरले पाकिस्तानी टिमका केहि क्रिकेटरले कनेरिया हिन्दु भएका कारण उनिसंग खाना समेत नखाएको बताएका थिए।

पुनः यस विषयमा खुलेर बोलेका कनेरियाले यो पटक पुर्व कप्तान शाहिद अफ्रिदीको नामनै लिएर आफ्नो करियर बर्बाद पारेको बताएका छन्।

अफ्रिदीको कारण करियर छोटो 

“उनि सधै मेरो बिरुद्ध थिए, चाहे हामीले संगै घरेलु र एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा होस्। यदी कोहि व्यक्ति सधै मेरो बिरुद्ध जुनसुकै परिस्थितिमा हुन्छ भने त्यसको पछाडी अन्य ( धर्म बाहेक ) के कारण हुन सक्छ।” अफ्रिदीलाई इंगित गर्दै कनेरियाले बताएका हुन्।

अफ्रिदीकै कारण आफ्नो करियर मात्र १८ एकदिवसीयमा सिमित हुन परेको कनेरियाको दावी छ।

“मैले धेरै ओडीआई उनकै कारण खेल्न पाइन। उनि कप्तान हुँदा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा मलाई असमान व्यवहार गर्थे। उनि मलाई प्राय बिना कारण टिम बाहिर राख्ने गर्थे।”

कनेरियाले पाकिस्तानको लागि ६१ टेस्ट र १८ एकदिवसीय खेलेका थिए जसमा क्रमशः २ सय ६१ र १५ विकेट लिएका थिए। सन् २०० मा टेस्ट डेब्यु गरेका उनले अन्तिम पटक २०१० मा पाकिस्तानको लागि खेलेका थिए।

“उनि मलाई बाहेक अरुलाई समर्थन गर्ने गर्थे। भगवानलाई धन्यवाद कि मैले त्यसका बाबजुद पाकिस्तानको लागि धेरै खेल्न सके जसको लागि म गर्व गर्छु।”

“म नियमित लेग स्पिनर थिए जुन उनि पनि थिए। त्यो पनि अर्को कारण थियो। उनि पाकिस्तानको लागि खेल्ने ठुला स्टार थिए र मलाई त्यस्तै व्यवहार गरे। तर मैले बुझ्न सकिन सकिन किन।”

“उनीहरु दुइ स्पिनर अन्तिम-११ मा खेल्न सक्दैनन् भन्ने गर्थे। उनीहरु मेरो फिल्डिंग सिमित ओभर क्रिकेटमा नपर्नुको कारण बताउथे। मलाई बताउनुस त्यो बेला एकदमै फिट फिल्डरहरु को थिए ? मात्र १-२ जना राम्रो फिल्डर थिए। पाकिस्तान टिमनै फिल्डिंगको लागि चिनिन्थेन।”

स्पट-फिक्सिंग काण्ड पछि पिसीबिको साथको आशा   

कनेरिया २००९ मा इन्ग्लिश काउन्टी क्रिकेट मेर्भिन वेस्टफिल्डको लागि एसेक्स बिरुद्ध खेल्ने क्रममा स्पट फिक्सिंगको दोषी पाइएका थिए।

“म धर्मको कार्ड खेल्न चाहन्न। म मात्र पाकिस्तान क्रिकेट बोर्डको साथ चाहन्छु। मोहम्मद आमिर, सलमान बटलाई सिस्टममा फिर्ता ल्याउदा मलाई चै किन नल्याउने ?”

“हो मैले गल्ति गरेको स्वीकार गर्छु जुन अरुले पनि गरेका थिए। तर मलाई उनीहरुले ट्वाइलेट पेपर जस्तो प्रयोग गरेर फाल्न पाउदैनन्। मैले पाकिस्तानको लामो सेवा गरेको छु जसकारण मलाई उनीहरुले साथ् दिनु पर्छ।” कनेरियाले करियरको धेरै हिस्सा इन्जमाम उल हकको प्रशिक्षणमा खेलेका थिए। इन्जमाम र युनिस खानले आफुलाई धेरै साथ दिएको उनले बताए-

“मोइन खान, राशिद लतिफ, इन्जमाम उल हक , युनिस खानको अन्डरमा मैले खेले। अफ्रिदीको अन्डरमा मैले कम खेले। इन्जी र युनिस भाइले मलाई धेरै साथ दिनु भयो।”

“इन्जी भाइले बाहिर मेरो बारेमा सकारात्मक त बताउनु भएको छैन तर पनि म सधै उनले गरेको साथको लागि धन्य छु। उनको अन्डरमा मैले धेरै राम्रो गरे।”

( हिन्दुस्तान टाइम्सबाट )

२०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित